Comments Add Comment

स्टान्डर्ड चाटर्ड बैंकले कमायो साढे २ अर्ब

२९ साउन, काठमाडौं । स्टान्डर्ड चाटर्ड बैंकले एक वर्षको अवधिमा दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैयमासको वित्तीय विवरण सार्वजनिक गर्दै दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ खुद आम्दानी गरेको जानकारी दिएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा स्टाण्डर्ड चार्टड बैंकले करिब १४ प्रतिशतले मूनाफा आर्जन गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा बै्रक्ले २ अर्ब १८ करोड रुपैयाँमात्रै आम्दानी गरेको थियो ।

अन्य सूचकहरुमा पनि बैंकले राम्रै सुधार गरेको छ । बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २९ करोड ८० लाख हरेकोमा बढेर ३ अर्ब ५२ करोड ३१ लाख पुगेको छ । बैंकले जगेडा कोषमा पाँच अर्ब १७ करोड २८ लाख रुपैयाँ राखेको छ ।

गत आर्थिक वर्षमा बैंकले ७५ अर्ब ७३ करोड १५ लाख निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा बैंकले ६७ अर्ब छ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । निक्षेप संकलन १२.९३ प्रतिशतले बढी हो ।

यस अवधिमा बैंकले कर्जा लगानी ५३ अर्ब ११ करोड एक लाख पुर्याएको छ । अघिल्लो आर्थिक वर्ष ४४ अर्ब ५६ करोड १३ लाख कर्जा लगानी रहेकोमा १९.१८ प्रतिशतले बढेर ५३ अर्ब ११ करोड एक लाख पुर्याएको हो ।

बैंकको खराब कर्जा ०.१५ प्रतिशत रहेको छ । बैंककोे प्रति सेयर आम्दानी ३१ रुपैयाँ १५ पैसा, बेस रेट ७.६३ प्रतिशत रहेको छ भने सीसीडि रेसियो ७३.१३ प्रतिशतमा राख्न बैंक सफल भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment