
काठमाडौं । तारादेवी पुन महिला र पुकार गुरुङ् बलबान खेलाडी घोषित भएका छन् । सुनिललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिसकी पुन र नेपाल आर्मीका गुरुङ स्ट्रङ्गेष्ट खेलाडी घोषित भएका छन् ।
पुरुषतर्फ सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश केसी तथा महिलातर्फ सिनियरमा पुलिसका संगिता राई र जुनियरमा संजु चौधरी बेष्ट लिफ्टर बनेका छन् ।
उदियमान खेलाडीमा पुरुषतर्फ बाँकेका तुषार बुढामगर तथा महिलामा बर्दियाका नन्दा थापामगर घोषित भए ।
बुधबार ढिलोगरी सम्पन्न प्रतियोगिताको पुरुष १०९ केजी माथिको तौलमा स्ट्रङ्गेष्ट खेलाडी सेनाका पुकारले तीनै विधामा राष्ट्रिय कीर्तिमान कायम गरे । आफैंले आठौं राष्ट्रिय खेलकुदमा राखेको कीर्तिमान तोडेका उलने स्नाचमा १२७ केजी र क्लिन एण्ड जर्कमा १५१ केजी भार बहन गर्दै कुल २७८ केजी उचाले ।
१०९ केजी तौलमा सिनियरतर्फ पुलिसका संदेश गुरुङ्गले स्नाचमा १०६, क्लिनमा १३५ गरी कुल २४१ भार बहन गरे । जुनियरतर्फ कञ्चनपुरका सागर भण्डारीले क्लिन एण्ड जर्क र कुलमा कीर्तिमान बनाए । उनले क्लिनमा सन्देशको नाममा रहेको १३८ केजीलाई उछिन्दै १४७ केजी र कुलमा संदेशकै नाममा रहेको २३८ केजीलाई उछिन्दै २४७ केजीका साथ कीर्तिमान राखेका हुन् ।
सागरले स्नाचमा १०५ केजी भार बहन गरे ।
१०२ केजीमा कञ्चनपुरका सुभाष उपाध्यायले तीनै बिधामा कीर्तिमान राखे । स्नाचमा १०३, क्लिनमा १३० र कुलमा २३३ केजी उचाले । यसअघि सागर भण्डारीले आठौैंमा स्नाचमा १०२, क्लिनमा १२२ र कुलमा २२४ को कीर्तिमान राखेका थिए । दोश्रो स्थानमा रोशन बि.क.ले ७०, १०० र १७० को भार बहन गरे ।
९६ केजी तौलमा नेपाल पुलिसका गगन चन्दले स्नाचमा ९८, क्लिनमा १३० र कुलमा २३८ गरी स्वर्ण, पुलिसकै श्रीकृष्ण महर्जनले स्नाचमा ९०, क्लिनमा १० र कुलमा १९८ केजीका साथ रजत तथा एपीएफका देवेन्द्र बि.क.ले स्नाचमा ८५, क्लिनमा १०७ र कुलमा १९२ केजीका साथ कास्य पाए ।
यो प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ २३ राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।
प्रतिक्रिया 4