Comments Add Comment

जनैपूर्णिमामा बटुक (फोटो फिचर)

३० साउन, काठमाडौं । आज जनैपूर्णिमा हिन्दू धर्माबलम्बले हातमा रक्षाबन्धन मानेर मनाउँछन् । ब्राम्हण, क्षेत्रीलगायतका तागाधारीले जनै फेर्छन् ।

काठमाडौं उपत्यकाका मन्दिरहरुमा बिहीबार रक्षाबन्धन बाँध्नेहरुको घुइँचो लाग्यो । बाटोमा रक्षाबन्धन बाँध्न बसेका ब्राम्हणहरुसँग रक्षाबन्धन बाँध्ने, जनै फेर्ने गरेर गच्छेअनुसार दक्षिणासमेत दिने गरिन्छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा रक्षाबन्धनको दिन ठूलो घुइँचो थियो । त्यस्तै पशुपतिनाथ मन्दिर नजिकैको राममन्दिरमा बटुकहरुले नुहाइधुवाइ गरेको, जनै फेरेको दृश्य पनि रोचक थियो ।

संस्कृत विषय अध्ययन गरेका उनीहरुले नुहाइ धुवाइ गरी विशेष मन्त्र जपेर जनै फेर्ने र रक्षाबन्धन बाँध्ने काम गरे

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment