+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जर्नेलको नाम सार्वजनिक भएपछि सेनाको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३० गते १८:१६
Photo Credit : फाइल तस्वीर

३० साउन, काठमाडौं । नक्कली प्रमाण पत्र र नागरिकता कीर्ते प्रकरणमा छानविनको दायरामा रहेका दुई जर्नेलको नाम सार्वजनिक भएपछि नेपाली सेनाले असन्तुष्टि जनाएको छ ।

नेपाली सेनाको जंगी अड्डाले प्रेस विज्ञप्ति जारी गरेर नाम नै किटान गरी प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
सेनाका दुई उच्च अधिकृतको शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरकफरक जन्म मिति देखिएपछि सेनाले छानविन थालेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘नियमित प्रक्रिया अनुसार भइरहेको काम कारबाहीमा व्यक्तिको नाम उल्लेख गरी सूचना प्रवाह गर्दा व्यक्तिगत मर्यादामा आँच आउने हुँदा त्यस प्रकारको समाचारहरु सम्प्रेषण गर्दा संवेदनशील हुन सेना हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तिमा सेनाबाट सकल दर्जाको नागरिकता, शैक्षिक प्रमाणपत्रलगायत सबै कागजातहरुको छानविन प्रक्रिया नियमति नै रहेको पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?