+
+
Shares

बुढाका मुखबाट ३२ दाँत गायब, घाँटी दुखेपछि यसरी फेला पारियो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३१ गते १२:०६

एकजना वृद्धको मुखबाट एक्कासि सप्पै दाँत हराए । मुखबाट दाँत नै हराउँदा पनि थाहा नपाउने कस्तो हुस्सु होला ? भन्नुहोला । तर धन्न, ८ दिनपछि हराएका दाँत भेटिए, जब ती वृद्धको घाँटी दुखाइको कारण पत्ता लाग्यो ।

बेलायतका ७२ वर्षका ती वृद्धको पेटको शल्यक्रिया भएको थियो । जसका कारण उनलाई निकै पीडा भैरहेको थियो । खोक्दाखेरी मुखबाट रगत आउने भएका कारण एक हप्तादेखि उनले केवल तरल पदार्थ मात्र खाइरहेका थिए ।

जाँचका क्रममा डाक्टरहरुले उनको स्वास नलीमा संक्रमण भएको पत्ता लगाए । औषधि दिएर उनलाई घर पठाए । शल्यक्रिया पछि घाँटीमा ट्युब हाल्दा साइड इफेक्टका कारण दुखाइ महसुस भएको हुनसक्ने डाक्टरहरुले बताएका थिए ।

तर औषधि खाँदा पनि उनको दुखाइ कम भएको थिएन । स्थिति झनै बिग्रिँदै गयो । डाक्टरहरुले दोस्रोपटक जाँच गर्दा पो गला दुखाइएको खास कारण पत्ता लाग्यो ।

८ दिनअघि भएको शल्यक्रियाका क्रममा ती वृद्धको मुखमा रहेका कृत्रिम दाँत गायब भएका थिए । वास्तवमा उनका मुखबाट ती दाँत खुस्किएर घाँटीमा अड्किएका रहेछन् ।

अन्ततः उनको घाँटीमा फसेका कृत्रिम दाँतहरु डाक्टरहरुले बाहिर निकालेपछि मात्र उनको दुखाइ निको भएको छ ।

बिरामीको शल्यक्रियाका क्रममा कृत्रिम दाँत मुखमै छाड्दा यसरी दाँत निलिने खतरा भएको मेडिकल जर्नल बिएमजेमा उल्लेख गरिएको छ ।

ती वृद्धको नाम गोप्य राखिएको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?