+
+

सकियो कार्ल्सबर्ग गल्फ सिरिज २०१९को दोश्रो सिरिज

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १८:३१

१ भदौ, काठमाडौं । काल्र्सबर्ग गल्फ सिरिज् २०१९ को दोश्रो लेग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोश्रो सिरिज भव्य रुपमा समाप्ति भयो । यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा र गल्फप्रतिको माया देखिएको थियो ।

३ वटा सिरिजमध्येको पहिलो सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्यान्डी क्याप भएका देशभरिका उदयमान-गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका प्रदान गरिएको थियो ।

यो सिरिज ३/४ हृयाण्डी क्यापका साथ स्टेबेलफोर्ड फर्म्याटमा खेलिएको थियो । नेट बिजता भरत बस्ताकोटीले ३८ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन् ।

टासी छिरिङ डङले ३६ग्रस अंक प्राप्त गरी दोश्रो सिरिजको ग्रस च्याम्पीयन बन्न सफल भएका छन् । राजेन्द्र श्रेष्ठ ३७ अंक काउन्ट ब्याकका साथनेट उप-विजेता र एनजे रायमाझी ग्रस ३७ अंक काउन्ट ब्याकका साथ ग्रस विधामा नेट उप-विजेता बने ३७अंक काउन्ट ब्याग साथ आश्रयिा बानु महिलातर्फका विजेता बन्न सफल भएकी छिन् ।

३७ अंकका साथ कश्मीरा शाह उप-विजेता भएका छिन् । यसै गरी ६०वर्ष र त्यसभन्दा माथिका सहभागीहरुका सिनियर विधामा ३६ अंकका साथ दिलिप रायमाझी काउन्ट विजेता भए भने ३५ अंक काउन्ट ब्यागका साथ एनबी रावल उपविजेता बन्न सफल भए ।

४ बर्डिजका साथ तेन्जीङ छिरिङले मष्ट बर्डिजका उपाधि जिते । दाबा जे शेर्पा र आर एम श्रेष्ठले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते ।

सेकेन्ड सिरिजमामा भरत बस्ताकोटीले नेट क्याटगोरीमा १ सय ५० अंकले लिड गरिरहेका छन् भने टासी छिरिङ डोङ १ सय ५ लेे दोस्रो स्थानमा छन् । अजयबी शाह, १०० अंकले तेस्रो स्थानमा, एनजे रायमाझी ७५ अंकले चौथो र श्याम शिंखडा ७० अंकले पाचौं स्थानमा छन् ।

ग्रस सेक्सनमा १ सय ५० अंकका साथ टासी छिरिङ डङ लडर बोर्डको टपमा छन् । यसै गरी एन जे रायमाझी १०५ अंकका साथ दोश्रो स्थानमा छन् भने १०० अंकका साथ पृथ्बीमल्ल र सुरेन्द्र फुयाल तेस्रो स्थानमा छन् ।

३/४ हृयाण्डी क्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको यस प्रतियोगितामा १८ वटा होल्स थिए र ८४ गल्फर सहभागी भएका थिए ।

सुहृद घिमिरे, गोकर्ण गल्फ क्लबका अध्यक्षले भने, “सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फसिरिज्ले साँच्चै नै लामो बाटो तय गरेको छ । गल्फसँगको काल्र्सबर्गको आवद्धता दशकौं लामो साथबाट बनेको छ किनकि नेपालमा गल्फको सुरुवात भएदेखि नै काल्र्सबर्ग सहयोगी प्रायोजकको रुपमा अगाडि आइरहेको छ ।’

रोजन अमात्य, गोर्खा बु्रअरीका बजार प्रबन्धकले थप भने, “यस प्रतियोगिताप्रति हामीले निकै नै उत्कृष्ट प्रतिक्रीया प्राप्त गरेका छौं र हामी समस्त सहभागीहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।”

दीपक आचार्य, गोकर्ण फरेष्ट रिसर्टका प्रमुख गल्फ निर्देशकका अनुसार, “काल्र्सबर्ग गल्फसिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?