
हाम्रो जीवनलाई सहज बनाउनका लागि हामी विभिन्न प्रकारका विद्युत्तीय उपकरणहरुको प्रयोग गछौं । जसले हाम्रो काम सजिलो र छिट्टो गर्न सहयोग पुर्याउँछ । त्यस्ता उपकरणहरु मध्ये एयर कन्डिसनर (एसी) पनि एक हो । हिजो-आज एसीको प्रयोग हरेक ठाउँमा भएको पाइन्छ ।
प्रारम्भमा अफिसहरुमा मात्र प्रयोग हुने एसी अचेल घर, कार, बस जस्ता हरेक ठाउँमा प्रयोग हुन थालेका छ र यसको प्रयोग दिनप्रति दिन बढ्दो छ । आज हरेक ठाउँमा प्रयोग हुने एसीले हाम्रो स्वास्थलाई पनि राम्रो अथवा नराम्रो कस्तो प्रभाव पार्छ त ? आउनुहोस्, आज हामी एसीको प्रयोग कत्तिको फाइदाजनक छ भन्ने कुराको चर्चा गरौ ।
एउटा अनुसन्धानका अनुसार अनुसार एसीले तपाईंलाई आराम त प्रदान गर्छ तर यसले तपाईंको स्वास्थमा विभिन्न किसिमको नोक्सान पनि पुउँछ । यसले हाम्रो वरपर एक किसिमको बनावटी तापक्रम उत्पन्न गर्छ, जसले हाम्रो रोग प्रतिक्षा प्रणालीलाई समेत नराम्रो असर पुर्याउँछ ।
अहिले बढ्दै गएको ग्लोबल वार्मिङका कारण मौसममा निकै उतार-चढाव आएको त हामीले अनुभव गरि नै रहेका छौं । वषर्ा कम हुन थालेको छ भने गर्मी बढ्ने क्रम जारी छ । अहिले पहाडी भुभागहरुमा पनि तराईको जस्तै गर्मीको अनुभव हुन थालेको छ । यस्तो स्थितिमा घरदेखि अफिससम्म एसीको प्रयोग हुनु सामान्य भैसकेको छ ।
पहिले बाल-बालिकाहरु घरमाथि खुल्ला हावामा चंगा उडाउने अथवा पार्कमा खेल्ने गर्दथे । तर, आजभोलि बालबालिकाहरु घर भित्र चिसो एसीको हावा खाँदै मोबाइलको गेममा व्यस्त हुन थालेका छन् । धेरै गर्मी होस् अथवा कम, तर मानिसलाई एसीमा बस्ने बानी परेको छ । तर यो बानीले विभिन्न किसिमको स्वास्थ समस्याहरु समेत देखिन थालेकेा छ । त्यसैले सम्भव भएसम्म एसीको प्रयोग कम गर्नु फाइदाजनक हुन्छ । एसी र कुलरले कसरी हाम्रो स्वास्थमा असर पुर्याउँछ त ?
बारम्बार बिरामी हुनु
एउटा अनुसन्धानका अनुसार यदि कोहि एसीको हावामा दिनको पाँच-छ घण्टा बस्छ भने उसलाई पिनास -साइनस) हुने खतरा हुन्छ । किनभने चिसो हावाले म्युकस ग्रन्थिलाई कठोर बनाइदिन्छ । यसबाहेक रुघा-खोकी लागेर ज्वरो आइरहने समस्या पनि एसीको बढि प्रयोगका कारण हो ।
फंगल इन्फेक्सन
कूलर अथवा एसीको हावामा केही नओडी सुत्नाले छातीमा इन्फेक्सन हुने डर हुन्छ । विशेष गरेर दमको रोगीले एसी प्रयोगबाट बच्नु पर्छ । प्राकृतिक वातावरणमा रहने र त्यसलाई सहने बानी कम हुँदा हाम्रो शरीरमा रोगसंग लड्ने क्षमता पनि कम हुन थाल्छ र हामी छिट्टै बिरामी हुन्छौं । घर बाहिर र भित्रको तपक्रममा ४ डिग्री भन्दा धेरैको अन्तर हुनु हुँदैन । यदि धेरै अन्तर भयो भने तपाईं रोगको चपेटामा पर्न सक्नु हुन्छ ।
जोर्नीको दुखाई
एसी र कूलरबाट निस्कने हावाले शरीरको जोर्नीहरुमा दुखाई उत्पन्न गराउँछ । गर्दन, हात र घुडा दुख्ने हुन्छ । तपाईं लामो समयसम्म एसीको सम्पर्कमा रहनु भयो भने यी दुखाईहरु तपाईको दिर्घकालिन रोग पनि बन्न सक्छ । अर्थराइटिसका रोगीलाई एसीको हावाले नोक्सान पु्र्याउनुको साथै जोर्नीको दुखाई पनि बढाउँछ ।
मोटापन बढाउँछ
धेरै समयसम्म एसी अथवा कुलरमा बस्नाले मोटापन पनि बढ्छ । वास्तवमा धेरै चिसो स्थानमा हाम्रो शरीरको उर्जा धेरै खर्च हुँदैन र जसको कारण मोटोपन बढ्न थाल्छ ।
मांसपेशीहरु झोलिनु
निरन्तर एसीको हावामा बस्नाले मांसपेशीहरु झोलिन थाल्छ । एसीको हावाका कारण टाउको दुख्ने पनि हुन सक्छ ।
छालाको सुख्खा हुने समस्या
धेरै समय एसीमा बस्नाले तपाईंको छाला सुख्खा हुन सक्छ । पसिना नआउनाले रोमछिद्र बन्द हुन्छ र छालामा स-साना दाना र चिलाउने समस्या हुन्छ । त्यसैले अफिसमा एसीमा रहँदा एक-दुई घण्टाको बीचमा मोइश्चराजर लगाइरहनु पर्छ । यसले तपाईंको छाला नरम भैरहन्छ ।
ध्यान दिनु पर्ने कुराहरु
-कोठाको तापक्रम २० डिग्री भन्दा कम हुनु हुँदैन ।
-एसी र कूलर प्रयोग गर्नु अगाडि त्यसमा फिल्टर लगाउनु आवश्यक छ ।
-एसी अथवा कूलर प्रयोग गर्नु अगाडि सफा गर्नु पर्छ ।
-कूलर तथा एसीको प्रयोग गर्दा त्यसबाट निस्कने हावा सिधै तपाईको सम्पर्कमा आउन नपाओस् भन्ने कुरामा ध्यान दिनु पर्छ ।
प्रतिक्रिया 4