Comments Add Comment

आत्महत्यापूर्व पुडासैनीले पाँच मिटर डोरी किनेको पसल भेटियो

२ भदौ, चितवन । आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको हो ।

चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको हो ।

नारायणगढ बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए । बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ ।

लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले बतायो ।

होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । धेरैबेर बसेपछि होलसेल पसलकी आमाले डोरी दिन कामदारलाई भनेकी थिइन् ।

पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर दिएको दृश्य भिडियोमा छ । पुडासैनीले पैसा तिरेर प्लाटिकको झोलामा राखेर डोरी लगेको देखिन्छ ।

होटलमा पुगेपछि साँझ भेज खान बनाउन अर्डर गरेका पुडासैनी एक बोतल पानी लिएर कोठामा उक्लिएको होटल सञ्चालक बताउँछन् ।

राति ८ बजे खाना खान बोलाउन जाँदा पुडासैनी नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ढोका फुटाएर हेर्दा पत्रकार पुडासैनी डोरीको पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

झुण्डिनुअघि पुडासैनीले मोवाइलमा रेर्कड गराएको भिडियोमा पत्रकार रवि लामिछानेसहितका अन्य दुई व्यक्तिको नाम लिएका कारण आत्महत्या गर्नुपरेको उल्लेख छ । सोही आधारमा प्रहरीले पत्रकार लामिछानेसहित अन्य दुईजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment