
२ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय र प्रदेश सरकारलाई वैदेशिक सहायता लिने अधिकार नभएको बताएका छन् ।
ललितपुरमा सोमबार एसिया मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘आवश्यक पर्यो भन्दैमा प्रदेश र स्थानीय तहले वैदेशिक सहायता लिन मिल्दैन ।’
प्रदेश र स्थानीय सरकारहरूले अनावश्यक अधिकार माग गरिरहेको मन्त्री मण्डितको आरोप छ । उनले प्राप्त अधिकार कार्यान्वयन गर्न नसक्ने र थप अधिकार चाहियो भन्ने समस्या देखिएको बताए ।
कार्यक्रममा मन्त्री पण्डितले संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारहरूसँग सिधै सम्बन्ध राख्ने अधिकार भएको धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4