+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

१६ सचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते ९:४३

४ भदौ, काठमाडौं । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सचिव सरुवाको निर्णय गरेको हो ।

प्रधानमन्त्रीले मन्त्रीहरुसँग गत साउन १५ गते एकवर्षे कार्यसम्पादन सम्झौता गरेका थिए । त्यसपछि मन्त्रीहरुले सचिवहरुसँग आफू अनुकूलको मितिमा सम्झौता गरेका थिए ।

तर, त्यसको एक महिना पनि नबित्दै प्रधानमन्त्री कार्यालयदेखि प्रदेश मुख्य सचिवसम्मका सचिवहरुको सरुवा गरिएको छ ।

यस्तो छ सरुवा सूची

क्र.सं. नाम थर सरुवा भएको स्थान साविकको स्थान
१. सूर्य गौतम भूमिसुधार मन्त्रालय महालेखा नियन्त्रकको कार्यालय
२. गोपीनाथ मैनाली महालेखा नियन्त्रकको कार्यालय भूमिसुधार मन्त्रालय
३. केदारबहादुर अधिकारी पर्यटन मन्त्रालय वाणिज्य तथा आपूर्ति मन्त्रालय
४. मोहनकृष्ण सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यालय पर्यटन मन्त्रालय
५. वेगेन्द्रराज शर्मा पौडेल वित्त आयोग सार्वजनिक खरिद अनुगमन कार्यालय
६. वैकुण्ठ अर्याल वाणिज्य तथा आपूर्ति मन्त्रालय वित्त आयोग
७. माधव बेल्बासे खानेपानी मन्त्रालय राष्ट्रिय सतर्कता केन्द्र
८. रामप्रसाद थपलिया युवा तथा खेलकुद मन्त्रालय स्वास्थ्य मन्त्रालय
९. सञ्जय शर्मा विज्ञान तथा प्रविधि मन्त्रालय ऊर्जा मन्त्रालय
१०. खगराज बराल स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय
११. महेश दाहाल शिक्षा मन्त्रालय श्रम मन्त्रालय
१२. विनोद केसी श्रम मन्त्रालय राष्ट्रपति कार्यालय
१३. डा. हरि पौडेल राष्ट्रपति कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
१४. महेन्द्रप्रसाद गुरागाईं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लोक सेवा आयोग
१५. आनन्द ढकाल लोक सेवा आयोग प्रदेश ३ को मुख्य सचिव
१६. तीर्थ ढकाल प्रधानमन्त्री कार्यालय प्रदेश ५ को मुख्य सचिव

मन्त्रिपरिषदको बैठकले सचिवहरुको सरुवासँगै चार जना सहसचिवलाई सचिवमा बढुवा पनि गरेको छ । बढुवा हुनेहरुमा तोयम राय, तोयनारायण ज्ञवाली, रवीन्द्र श्रेष्ठ र शिवहरि शर्मा छन् ।

राय र ज्ञवाली प्रशासन सेवाका तथा श्रेष्ठ र शर्मा इन्जिनियरिङ सेवाका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?