+
+

सरकारकै कारण लोकतन्त्र संकटमा पर्नसक्छ : डा. कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते १२:४१

४ भदौ, विराटनगर । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले सरकारकै कारण लोकतन्त्र संकटमा पर्ने खतरा बढेको बताएका छन् ।

दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा राजसंस्था र विप्लव समूहले चलखेललाई बढाएको उनको दाबी छ । बुधबार विराटनगरमा रमा-मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण समारोहमा नेता डा. कोइरालाले भने, ‘सरकारको असफलतासँगै विरोधी तत्वहरुको चलखेल बढेको छ । यसका कारण लोकतन्त्रमाथि संकट आउनसक्छ ।’

सरकारले जनअपेक्षाअनुरुप काम गरे अस्थिरता मच्याउने तत्वहरु आफैं निष्कृय हुने उनले बताए ।

कार्यक्रममा सञ्चारकर्मी शंकर खरेललाई नगद १५ हजार राशीको रमाप्रसाद-मायादेवी रिजाल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?