Comments Add Comment

धनकुटे कान्छो र फुलमानलाई मोती पुरस्कार

४ भदौ, काठमाडौं । यस वर्षको युवा वर्ष मोती पुरस्कार धनकुटे कान्छो र फुलमान बलले प्राप्त गरेका छन् ।

पुरस्कारको राशी ५० हजार रुपैयाँ र स्वर्ण पदक रहेको छ ।

बल कान्तिपुर पब्लिकेसन्समा साहित्य विभाग प्रमुख हुन् भने दमकका स्थायी बासिन्दा धनकुटे कान्छो शिक्षक हुन् । फुलमान बलले अघिल्लो वर्ष राष्ट्रिय कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेका थिए । बलका ४ पुस्तक प्रकाशित छन् ।

धनकुटे कान्छोको खास नाम शंकर चापागाईं हो । भूमिगत राजनीतिमा लागेका बेला उनले आफ्नो नाम परिवर्तन गरि धनकुटे कान्छो राखेका थिए । उनका दुई कविता र दुई गजलका पुस्तक प्रकाशित छन् ।

राष्ट्रिय युवा कोषका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको ७ सदस्यीय बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

४० वर्ष मुनिका साहित्यिक पत्रकारिता र साहित्यिक गतिविधिमार्फत नेपाली भाषालाई योगदान दिने व्यक्तित्वलाई यो पुरस्कार दिने गरिएको छ ।

गएको वर्ष यो पुरस्कार साहित्यकारद्वय केशव सिग्देल र चन्द्र रानाहाछाले प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment