
५ भदौ, गोरखा । भारी बर्षासँगै आएको पहिरोले बारपाक सुलिकोट गाउँपालिका-२ रुतुकमा एक घर बगाएको छ ।
वर्षासँगै बुधवार राति पहिरो खसेपछि ११ घर जोखिममा परेको स्थानीयले बताएका छन् ।
पहिरोले स्थानीय देव गुरुङको पसल भएको घर बगाउँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
‘सडकमा नाला बनाउने काम अलपत्र छाडिएको छ,’ स्थानीय डिलबहादुर गुरुङले भने, ‘माटोले नाला थुनिएपछि गाउँमा भल पसेर पहिरो गएको हो ।’
गाउँमा भल पस्न थालेपछि स्थानीयले रातिनै गाउँ छाडेका थिए । पहिरोको कारण गाउँ आसपास छिमेकीकोमा बसेर जसोतसो रात कटाएको गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4