Comments Add Comment

साफ यू-१८ च्याम्पियनसिप पाकिस्तानले नखेल्ने

५ भदौ, काठमाडौं । नेपालमा हुने साफ यू-१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले नखेल्ने भएपछि नयाँ खेल तालिका सार्वजनिक गरिएको छ ।
साउथ एसियन फुटबल फेडेरेशन (साफ)ले आज पाकिस्तानले प्रतियोगितामा नखेल्ने भएपछि नयाँ खेल तालिका निकालेको हो ।

अब समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र भुटान रहेका छन् । यसअघि पाकिस्तान पनि यही समूहमा थियो । त्यस्तै, समूह ‘बी’ मा भने बंगलादेश, श्रीलंका र भारत रहेका छन् ।

यसअघिको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २० सेप्टेम्बरमा खेल्ने तालिका थियो । अब नयाँ तालिका अनुसार पहिले कै मितिमा उद्घाटन खेलमा नेपालले हलचोकस्थित एपीएफको खेल मैदानमा माल्दिभ्ससँग खेल्नेछ ।

त्यस्तै, भुटानसँग २२ सेप्टेम्बरमा खेल्नेछ ।

दुबै समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेल २७ सेप्टेम्बरमा हुनेछ । त्यस्तै, २९ सेप्टेम्बरमा फाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment