Comments Add Comment

लाम्पार्डको नेतृत्वमा चेल्सीको पहिलो जित

७ भदौ, काठमाडौं । युवा स्ट्राइकर टमी अब्राहकले प्रशिक्षक फ्राङ्क लाम्पार्डको विश्वासलाई सही सावित गर्दै दुई गोल गरेका छन् र चेल्सीले प्रिमियर लिगमा सिजनको पहिलो जित हात पारेको छ ।

शनिबार भएको खेलमा चेल्सीले नर्भिचमाथि ३-२ गोल अन्तरको संघर्षपूर्ण जित हात पारेको हो । यसअघि पहिलो खेलमा म्यानचेष्टर युनाइटेडसँग ४-० ले हारेको चेल्सी दोस्रो खेलमा लिस्टरसँग १-१ को बराबरीमा रोकिएको थियो ।

नर्भिचको घरेलु मैदानमा भएको खेलमा चेल्सीले तेस्रो मिनेटमा नै टमी अब्राहमको गोलबाट अग्रता लिएको थियो । तर यो तीन मिनेट पनि टिक्न सकेन ।

घरेलु टोलीका कान्टवेलले बराबरी गोल फर्काए । खेलको १७ औ. मिनेटमा माउन्टले फेरि चेल्सीलाई अग्रता दिलाए । तर पनि जोगाउन सकेन । ३० औं मिनेटमा नर्भिचका पुक्कीले बराबरी गोल गरे ।

खेलको ६८ औं मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-२ को अग्रता दिलाए । दुबै टोलीबाट थप गोल हुन सकेन र चेल्सी विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment