+
+
Shares

राष्ट्रपति भण्डारी र प्रचण्डबीच एक घण्टा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १४:४५

८ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक घण्टासम्म छलफल गरेका छन् । बिहान ९ बजे शितलनिवास प्रवेश गरेका प्रचण्ड १० बजेमात्र बाहिरिएका थिए ।

प्रचण्डले कार्यवाहक प्रधानमन्त्री एवम् पार्टीका अर्का प्रभावशाली नेता ईश्वर पोखरेलसँग पनि छलफल गरेको स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारी र कार्यवाहक प्रधानमन्त्री पोखरेलसँग के विषयमा कुराकानी भयो भन्नेबारे भने खुलेको छैन । तर, प्रचण्डको सचिवालयले भने दुवै भेटघाटमा समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?