+
+
Shares

युएईमा नेपाली समुदाय लक्षित दशैं–तिहार योजना : दश लाखसम्म उपहार

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १७:३४

युएई । नेपाली समुदायको चाडपर्व नजिकिएसँगै विदेशमा रहेका नेपाली रेमिटहरुले चाडपर्व योजना ल्याउन थालेका छन् ।

दशैंतिहारलाई लक्षित गरी युएई एक्सचेञ्जले हिमाल रेमिटबाट नेपालमा पैसा पठाउने ग्राहकका लागि दशै तिहार उपहार योजना  सार्वजनिक गरेको हो  ।

यहीँ अगष्ट २५  तारिखदेखि सुरु भएको दशैँ आयो, रेमिट गरौँ, हिमालयबाट १० लाख जितौँ’ योजनाको प्रोमशन अवधिमा उक्त रेमिटबाट नेपालस्थित हिमालय बैंकमा पैसा पठाउने ग्राहकले १० लाख रुपैयाँसम्म नगद पुरस्कार पाउने युएई एक्सचेन्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाई+ले बताए ।

योजना आगामी अक्टोबर ५ तारिखसम्म चल्ने छ । यो अवधिमा युएईस्थित एक्सचेञ्जका विभिन्न शाखाबाट पैसा पठाउने मध्ये ६ जना ग्राहकले उक्त योजना अन्तरगतको रकम पाउने छन् ।

पाँच हप्तासम्म चल्ने साप्ताहिक ड्रमा प्रत्येक हप्ता एक जनाले १ लाख नगद जित्नेछन् । यस्तै मेगा ड्र मा ५ लाख नगद पुरस्कार रहनेछ । यो उपहार योजना युएईमा श्रमरत नेपालीका लागि मात्र लागू हुने प्रसाईले बताए ।

यहाँ कार्यरत नेपालीहरुलाई वैधानिक तवरले स्वदेशमा पैसा पठाउन प्रेरित गर्ने उद्देश्यले विगत वर्षदेखिकै योजनालाई निरन्तरता उनको भनाइ छ ।

युएईमा संचालन हुने यस्ता योजनामा सहभागी नेपालीले ठूलो धनराशी हात पार्ने गरेका छन् । रेमिट्यान्सबाट पैसा पठाउँदा सुरक्षित र विश्वसनीय हुने भएकाले यही माध्यम प्रयोग गर्न वित्तीय क्षेत्रमा संलगन व्यवसायीहरुको आग्रह छ ।

यस्तै युएईस्थित अन्य एक्सचेन्जले पनि ग्राहक लक्षित दशै तिहार योजना सार्वजनिक तयारी गरिरहेका छन् । अहिले युएई १ दिहरामको नेपाली  ३१ रुपैँया सम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?