+
+
Shares

अख्तियारद्वारा ३ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १९:५१

८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्धा दायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सनोज महतो, पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय डिनको कार्यालय विराटनगरका मुख्य अधिकृत गिरिराज कोइराला र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

मुद्दाको पेशी चढाई चाँडै मुद्दा सकिदिने भन्दै सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको प्रमाण भेटिएकोले नायब सुब्बा महतोविरुद्ध मुद्धा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

सेवाग्राहीले विश्वविद्यालयलाई जरीवान बापत तिर्नु पर्ने रकम मिलाई दिने भन्दै ६ लाख ७५ हजार रुपैयाँ घुस लिएको प्रमाण भेटिएपछि पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय डिनको कार्यालय विराटनगरका मुख्य अधिकृत कोइरालाविरुद्ध मुद्धा दायर गरिएको उनले बताए ।

यस्तै अनुसन्धानको क्रममा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाका अधिकृत अमात्यले उद्योगको प्रतिवेदन स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध पनि मुद्धा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?