+
+
Shares

गणतन्त्रमाथि खतरा छैन : मन्त्री बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १:००

८ भदौ, बुटवल । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गणतन्त्रमाथि कसैबाट खतरा नरहेको र हुन पनि नसक्ने बताएका छन् । आइतबार बुटवलमा प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार भेटघाटमा प्रवक्ता बास्कोटाले गणतन्त्रमाथि हमला गर्ने तत्वहरु भने सक्रिय रहेको बताए ।

‘जनताले लडेर, बलिदान दिएर ल्याएको गणतन्त्रमाथि कतैबाट खतरा छैन र हुन पनि सक्दैन, तर हमला गर्ने तत्वहरु भने सक्रिय छन्’ मन्त्री बास्कोटाले भने, ‘धमिलो पानीमा माछा मार्न खोज्नेहरु बेलाबेलामा सानातिना घटनालाई लिएर जनतालाई भ्रममा पार्ने प्रयासमा छन् ।’

युट्युबलगायतका सामाजिक सञ्जालबाट जनमानसमा भ्रम फैलाउने काम भएकाले यसको दुरुपयोग रोक्न ऐन बनिसकेको भन्दै मन्त्री बास्कोटाले छिटै पारित हुने स्पष्ट पारे । सामाजिक सञ्जालका माध्यमहरु पनि दर्ता गरेर मात्र चलाउनुपर्छ भन्ने पक्षमा सरकार अडिग रहेको उनले बताए । ‘विदेशमा पनि दर्ता भएरै चलेका छन्,नेपालमा नहुने भन्ने हुन्छ र ?’ उनले भने ।

सरकारले मिडियालाई नियन्त्रण नभई नियमन गर्न चाहेको बताएका मन्त्री बास्कोटाले आम सञ्चारमाध्यमहरु देश र जनताप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?