Comments Add Comment

मोटरसाइकल किन्दै हुनुहुन्छ ? नाडामा आउँदैछन् यी नयाँ मोडल

९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा सर्वाधिक लोकप्रिय निजी सवारी साधन हो, मोटरसाइल-स्कुटर । सार्वजनिक सवारीमा कष्टप्रद यात्राबाट मुक्ति चाहने तर निजी कार किन्न नसक्नेहरुका लागि मोटरसाइल-स्कुटर लोकप्रिय विकल्प बनेको छ ।

नयाँ दुईपांग्रे सवारी (बाइक) किनबेच हुने सिजनको रुपमा चाडबाडको समयलाई लिइन्छ । यही सिजनलाई लक्ष्यित गर्दै मंगलबारबाट नाडा अटो-शो पनि सुरु हुँदैछ । यो शोका आगन्तुकहरुमध्ये सबैभन्दा बढि मोटरसाइकलकै छनोटका लागि आएका हुन्छन् । बिभिन्न कम्पनीका नयाँ बाइकहरु तुलना गरेर किन्न सक्ने अवसर उनीहरुसँग हुन्छ ।

काठमाडौंको भृकुटीमण्डपमा हुने नाडामा यो वर्ष पनि धेरैले आˆनो नयाँ बाइक चढ्ने सपना पुरा गर्नेछन् । कम्पनीहरुले पनि नाडालाई नै लक्षित गरेर नयाँ बाइकहरु सार्वजनिक गर्दैछन् । त्यसैले नाडा युवाका लागि नयाँ बाइकहरु हेर्ने, खोज्ने र किन्ने गन्तब्य बन्नेछ । यो वर्ष नाडामा देखिने नयाँ बाइकहरुले ग्राहक वर्गलाई कति प्रभावित गर्छ भन्ने हेर्न बाँकी छ ।

यसपाली नाडामा कुन कम्पनीले कस्ता मोटरसाइकल लन्च गर्दैछन् त ?

१. यामाहाको एमटी-१५ र एनम्याक्स १५५

एमएडब्लू इन्टरप्राइजेजले एमटी सीजीका मोटरसाइकलको बिक्री सुरु गर्दैछ । नाडामा एमटी १५ मोटरसाइकल सार्वजनिक गरिनेछ ।

यो मोटरसाइकलमा एमटी ०९ बाट प्रभावित टिपिकल स्टि्रट हेडलाइट छ । प्रोजेक्टर हेडलाइटसमेत जोडिएको छ । डेल्टाबक्स फ्रेमले यो बाइकको आकर्षण बढाएको छ । बाइकमा ४ स्ट्रोकसहितको लिक्विड कुल्ड एसओएचसी ४ भल्भ इन्जिन छ । सिक्स स्पीड गेयर बक्स छ । यसमा भेरिएबल भल्भ एक्चुएसनसहितको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन जोडिएको छ ।

सिंगल च्यानल एबीएस रहेको एमटी १५को इन्जिनले भी-३ जस्तो १० हजार आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८ हजार ५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्सर्जन गर्छ । प्रभाव छाड्ने खालको डिजाइनमा डार्क थिमसहित आएको यो बाइकमा आधुनिक डिजिटल कन्सोल र पि्रमियम टायर कम्बिनेसन जस्ता फिचर्स छन् ।

यामाहाले एनम्याक्स १५५ स्कुटर पनि नाडालाई लक्षित गरेर ल्याउँदछ । सिंगल सिलिन्डर लिक्वीड कुल्ड फोर स्ट्रोक एसओएसी फोर भल्भ इन्जिसहितको यो स्कुटर पि्रमियम विशेषतायुक्त छ । यसको इन्जिनले ८ हजार आरपीएममा १५ पीएस पावर र ६ हजार आरपीएममा १४.४ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यसमा अघि र पछि नै डिस्क ब्रेक छ ।

हिरो ‘एक्सपल्स-२००टी’

हिरोले नाडामा बहुप्रतिक्षित ‘एक्सपल्स-२००टी’ बाइक सार्वजनिक गर्दैछ । यो एड्भेन्चर बाइक हो, जुन नेपाली सडकका लागि सबैभन्दा सहज र सुरक्षित मानिन्छ । अत्याधुनिक फिचरहरु समावेश रहेको यो बाइकलाई नयाँ जमानाको स्टाइलिस र स्ट्रोङ बाइकका रुपमा अघि सारिएको छ ।

यो अघि, पछि वा साइडबाट हेर्दा स्पोर्टी मात्रै हैन, स्मार्ट र युनिक पनि देखिन्छ । ‘एक्सपल्स-२००टी’ को फ्रन्ट र रेयर भ्यू नै बजारका लागि चर्चाको विषय बन्न सक्छ ।

‘एयर कुल्ड’सहित ४ स्ट्रोक र २ भल्भ सिंगल सिलिन्डर ओएचसी इन्जिनले यो बाइकको रोड पर्फरमेन्स दमदार बनाएको छ । यसले ८००० आरपीएममा १८.४ पीएस र ६५०० आरपीएममा १७.१ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा सीभी कर्भुनेटर फ्युल सिस्टम छ । यसमा सेल्फ र किक दुबै स्टार्टको विकल्प दिइएको  छ । यसमा प्रभावशाली एयर फिल्टर प्रणाली पनि जोडिएको छ । यसमा मल्टी प्लेट वेक क्लच छ । ५ स्पीडको गेयरबक्स छ ।

यसको फ्रन्टमा ३७ एमएमको डाई वाला टेलिस्कोपिक र एन्टी फंग्सन बस सस्पेन्स सिस्टम छ । यसमा ७ स्टेप राइडर एड्जस्टेबल मोनोसक सस्पेन्सन छ ।

यो बाइक अगाडि २७६ एमएमको डिस्क ब्रेक छ । यसमा सिंगल च्यानल एबीएस छ । त्यसैगरी पछाडि पनि २२० एमएमको डिस्क ब्रेक छ ।

‘एक्सपल्स-२००टी’ मा अघि पछि बलियो ट्युबलेस टायर छ । यो बाइक अफरोडमा पनि निकै सजिलोसँग चलाउन सकिन्छ । १७७ एमएमको ग्राउन्ड क्लेयरेन्स छ ।

यसमा स्मनार्टफोन कनेक्टिभिटीको सुविधा छ । यसमा टर्न बाई टर्न नेभिगेसन सुविधा पनि छ ।

टीभीएस आरटीआर १६० डबल डिस्क भर्सन

नाडामा टीभीएसले आरटीआर १६० डबल डिस्क भर्सनलाई आफ्नो नयाँ बाइकका रुपमा चिनाउँदैछ । जगदम्बा मोटर्सले राख्ने यो नयाँ बाइक १५९.७ सीसी सिंगल सिलिन्डर फोर स्ट्रोक एफआई इन्जिनको हो । यसले ८ हजार आरपीएममा १५.१२ पीएस र ६ हजार ५ सय आरपीएममा १३.०३ एनएम टर्क उत्पादन गर्छ । बाकइमा ५ स्पीडको गियरबक्स छ ।

यो बाइक स्पोर्ट नेकेड र कम्प्युटर बडी स्टाइलमा आउँछ । यसको अघि र पछि डिस्क ब्रेक लगाइएको छ । यो बाकइमा डिजिटल स्पीडोमिटर, टि्रपमिटर, ओडोमिटर, एनालग टेकोमिटरकासहित एलइडी टेललाइट पनि जोडिएको छ ।

यामाहाले ‘रेडन’ बाइक पनि नाडालाई लक्षित गरेर नेपाल ल्याएको छ । एक महिनाअघि नै नेपालमा आएको थियो ।

होन्डाको सीबी ४०० एसएफ

नाडामा देखिने अर्को नयाँ बाइक हो, सीबी ४०० एसएफ । यो होन्डाको उत्पादन हो । स्याकार ट्रेडिङले ल्याउन लागेको यो बाइक ३९९ सीसी लिक्वीड कुल्ड, फोर स्ट्रोक, डिओएचसी फोर भल्भ इन्जिनयुक्त छ ।

यो बाइकको इन्जिनले ११ हजार आरपीएममा ५३ हर्सपावरका साथै ७५ सय आरपीएममा ४०.१८ एनएम टर्क उत्सर्जन गर्छ । यसमा हाइटेन्सन स्टिल क्रेडल फ्रेम छ । बाइकलाई आरामदायी बनाउन टेलिस्कोपिक र्फक र रियरमा सिंगल सस्पेन्सन सक जोडिएको छ । अघि २९६ एमएम र पछि २४० एमएमको डिस्क ब्रेक छ ।

होन्डाले सिबी साइनको नयाँ संस्करण पनि नाडामा राख्नेछ ।

सुजुकीको जिक्सरको मोटोजीपी

नाडामा सुजुकीले जिक्सरको मोटोजीपी अडिसन सार्वजनिक गर्ने छ । कम्पनीले जिक्सर १५० र २५० को मोटोजीपी अडिसन सार्वजनिक गर्न लागेको हो ।

भीजी सुजुकीले ल्याउने जिक्सर २५० मोटोजीपीमा सिंगल सिलिन्डर फ्यूल इन्जेक्टेड इन्जिन राखिएको छ । यसले २५ पीएस पावर उत्पादन गर्छ ।

२५० को मोटोजीपी अडिसनमा ६ स्पीड ट्रान्समिसन सहित डबल च्यानल स्ट्यान्डर्ड एबीएस छ । यो बाइक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले सुसज्जित छ ।

जिक्सर १५० को मोटोजीपी पनि आकर्षक एलइडी हेडल्याम्प सहित आएको छ । यसलाई फेरिएको फ्युल ट्यांक, जिक्सर पि्रन्टको ग्राफिक्सले बोल्ड बनाएको छ ।

यसमा जोडिएको इन्जिनले १४.१ पीएस पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ । यसमा ब्ल्याक आउट अलोय ह्वील, रेड स्ट्रेप, स्पीलिट सिट रहेको छ ।

सीएफ मोटोको ‘४०० जीटी’

चिनियाँ कम्पनी सीएफ मोटोले नाडा अटो शोमा ‘४०० जीटी’ सार्वजनिक गर्ने भएको छ । यो मोटरसाइकलमा ४००.४ सीसी लिक्वीड कुल्ड समानान्तर दोहोरो इन्जिन छ । यसले ९५०० आरपीएममा ४२.२ पीएस पावरका साथै ७६५० आरपीएममा ३६.५  एनएम टर्क उत्सर्जन गर्छ ।

डुअल एलएडी हेडल्याम्पसहित ४ एडजस्टेबल मोड, ६० एमएमको एडजस्टेबल विन्डसिल्ड र टिएफटी डिस्प्ले लगायतका फिचर्स छन् । रियिर भ्यु मिरर माउन्टेड, स्टाडर्ड एबीएसको सुविधा पनि छ ।

जिनियसका विद्युतीय बाइक बाइकहरु

नाडामा एक नयाँ इलेक्टि्रक बाइकको ब्रान्ड नै सार्वजनिक गरिँदैछ । चीनमा बनेको विद्युतीय मोटरसाइकल र स्कुटरलाई नेपाली व्यवसायीले ‘जिनियस’ ब्रान्डको बाइक ल्याउन लागेको हो ।

उच्च क्षमता भएका करिब १० वटा मोडलका बाइक नाडामा सार्वजनिक गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment