Comments Add Comment

पुडासैनी आत्महत्या प्रकरण : युवराज कँडेलको बयान जारी

Photo Credit : मृतक शालिकराम पुडासैनी /अनलाइनखबर फाइल

९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मी युवराज कँडेलको बयान सुरु भएको छ । जिल्ला अदालत, चितवनमा कँडेलको बयान थालिएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार नर्स अस्मिता भनिने रुकु कार्कीको मात्रै बयान भएपछि कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सोमबार बयान लिइँदैछ । सोमबार बयान सकिए थुनछेक बहस पनि हुनेछ ।

बयान सकिएर चाँडै बहस भए, तीनैजनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने सोमबार आदेश जारी हुनेछ ।

हालसम्म प्रतिवादीका तर्फबाट १५ र वादीका तर्फबाट सरकारी वकिलसहित ६ जनाले बहस गर्दैछन् । कानून व्यवसायी धेरै भएकाले प्रक्रिया लम्बिन सक्ने पनि जनाइएको छ । यसमा अन्य कानून व्यवसायी पनि थपिन सक्ने बताइएको छ ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना,५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment