Comments Add Comment

कमल थापाको टिप्पणीः भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक वाहियात

९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठकमा सामेल गराउने कार्य वाहियात र देखावटी तामझाम भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल टि्वटरमा थापाले देशमा कुनै पनि त्यस्तो आपतकालिन अवस्था नभएको भन्दै उपचारमा रहेका प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् बैठकको नाममा दुःख दिनु उचित नभएको बताएका हुन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई मेन्सन गर्दै थापाले भनेका छन्, ‘न देशमा आपतकाल छ, न तत्काल बितिहाल्ने काम छ, सरकारप्रति जनताको बितृष्णा बढ्दैछ । यस्तो अवस्थामा किन यस्तो वाहियात र देखावटी तामझाममा उपचाररत प्रमलाई प्रोत्साहित गरिन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment