+
+

सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गर्दै पेट्रोलियम मजदूर आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १६:१४

९ भदौ, काठमाडौं । सबै पेट्रेल पम्पलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गर्दै पेट्रोलियम मजदूरहरु आन्दोलित भएका छन् । श्रम ऐन र सामाजिक सुरक्षा ऐनले प्रदान गरेका सेवा सुविधान नपाएको भन्दै अखिल नेपाल पेट्रोलियम मजदूर संघले आन्दोलन घोषणा गरेको हो ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनलाई श्रमिकहरुले सेवा सुविधा नपाएकोले कार्यान्वयनका लागि आवश्यक पहल गर्न पत्राचार गर्दा समेत कुनै चासो नदिएपछि आन्दोलन गर्नुपरेको संघले जनाएको छ ।

०७५ फागुन २६ गते श्रम तथा रोजगार कार्यालयलेसेवा सुविधान कार्यान्वयनमा सहयोग गरी कार्यालयमा जानकारी गराउन भने पनि एशोसिएसनले अहिलेसम्म पनि वास्ता नगरेको मजदूरहरुको आरोप छ ।

आफ्ना मागहरु पूरा नभएको भन्दै संघले यही भदौ २२ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संघले ऐनअनुसार तोकिएको सेवा सुविधान कार्यान्वयन नगर्ने पम्पहरुबाट अनिश्चितकालीन सप्लाई बन्द गर्ने, १० देखि १२ बजेसम्म नेपाल आयल निगम थानकोटबाट सप्लाई रोक्का गर्ने, एक घण्टा लोड अनलोडको काम बन्द गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?