Comments Add Comment

वायुसेवा निगम सुधार्न मन्त्री योगेशले के गर्दैछन् ?

९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको कार्यभार सम्हालेपछि योगेश भट्टराईले भने, ‘नेपाल वायुसेवा निगमलाई वाह् ! भन्ने बनाउँछु ।’

मन्त्री भएको २६ दिनपछि पत्रकार सम्मेलन गरेर मन्त्री भट्टराईले १४१ बुँदे मुख्य प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गरेका छन्, यसमा वायुसेवा निगम सुधारका लागि ११ बुँदे छन् ।

नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा सञ्चालन गर्न तीन महिनाभित्र कानून संशोधनको मस्यौदा मन्त्रिपरिषदमा लैजाने र निगमको दीर्घकालीन सुधारका लागि गठित समितिले दिने प्रतिवेदन कार्यान्वयन गर्ने कार्ययोजनामा उल्लेख छ ।

तीन महिनाभित्र वाइडबडीले रियाद र ग्वान्झाओ उडान गर्ने, सबै विमान सञ्चालनमा ल्याउने मन्त्री भट्टराईको योजनामा उल्लेख छ ।

· नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा संचालन गर्नको लागि आवश्यक कानून संशोधनको मस्यौदा नेपाल सरकार मन्त्रिपरिषद समक्ष पेश गर्ने ।

· नेपाल वायुसेवा निगमको दीर्घकालीन सुधारका लागि गठित समितिले दिने प्रतिवेदन कार्यान्वयन गर्ने ।

· नेपाल वायुसेवा निगमको समग्र व्यवस्थापन सुधार कार्यलाई तीब्रता दिने ।

· निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने ।

· नेपाल वायु सेवा निगमका सबै विमानहरु सञ्चालनमा ल्याउने ।

· Existing light Analysis गरी थप गन्तव्यको उडानको व्यवसायिक कार्ययोजना बनाउने । थप गन्तव्यहरु उडानको तयारी गर्ने ।

· निगमको सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने व्यवस्था मिलाउने ।

· निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने । विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ Shuttle Bus बाट सेवा दिने ।

· निगमको टिकट रद्दपछिको रिफण्ड प्रकृयालाई सरलीकृत गर्ने ।

· निगमको DDA (Due Deligence Audit) गराउने ।

· उडान रद्द र ढिलाइको जानकारी विमानस्थलमा यात्रु पुग्नुपर्ने समयको कम्तिमा २ घण्टा अगाडि यात्रुलाई सूचना दिने । (SMS, Email Or Telephone)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment