Comments Add Comment

कोरम नपुगेर राज्य व्यवस्था समितिको बैठक स्थगित

Photo Credit : फाइल तस्वीर

१० भदौ, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बोलाइएको बैठक गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बैठक कोरम नपुगेर स्थगित भएको हो ।

मंगलबार दिउँसो १ बजे बोलाइएको बैठकमा धेरै सांसदहरु आएनन् । आएका केही सांसदहरु पनि बैठक बस्ने सम्भावना नदेखेर फर्किएका थिए । बैठक स्थगित गरेपछि उपसमितिको प्रतिवेदन पनि पेश हुन हुन सकेन ।

उपसमिति संयोजक विजय सुब्बाले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पहिले रहेका विवाद अझै यथावत रहेको बताए । ‘वैवाहिक अंगीकृतबारे जुन विवाद थियो । त्यसमा सहमति जुटेको छैन । जस्ताको तस्तै समितिमा बुझाउनेछौं ’ उनले भने ।

नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकताको सवालमा नेपाली बुहारी र ज्वाईंमा समान व्यवस्था लागू गर्ने वा नगर्ने भन्ने विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment