Comments Add Comment

महिला सांसदले भूमिका बढाउनुपर्छ : उपसभामुख तुम्बाहाङ्फे

१० भदौ, काठमाडौं– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले महिला सांसदहरुलाई इतिहासमा स्मरण हुने गरी भूमिका वृद्धि गर्न आग्रह गरेकी छन् ।

संसद सचिवालयले मंगलबार गरेको संसदीय अभ्याससम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले महिला सांसदहरुले आफ्नो भूमिका बढाउन जरुरी रहेको बताएकी हुन् । ‘संसदमा महिला माननीयहरुको भूमिका धेरै राम्रो छ, तर अझै वृद्धि गर्न जरुरी छ । यसरी भूमिका निर्वाह गर्नुहोस् कि भोलिका पुस्ताले पनि सम्झिऊन्’ उनले भनिन् ।

उपसभामुख तुम्बाहाङ्फेले आगामी अधिवेशनबाट महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने योजना बनाउन आग्रह गरिन् । उनले सांसदहरुको महत्वपूर्ण जिम्मेवारी संसदीय गतिविधिमा सहभागी हुने भएको बताउँदै त्यसमा चुक्न नहुने उल्लेख गरिन् ।

राष्ट्रिसभाकी उपाध्यक्ष शशीकला दाहालले संसदीय अभ्यास पुरानो भए पनि कहिलेकाहीँ स–साना कमजोरी र प्रस्तुतिमा महिला सांसदहरुले चुकेको बताइन् । उनले शून्य समय, विशेष समयका विषय र शैलीलाई अधिकतम प्रयोग र सुधार गर्न पनि आग्रह गरिन् ।

कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान, संसदीय अभ्यासमा प्रभावकारी भूमिका, नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले कानुन निर्माणको संसदीय चरण र संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले संसदमा प्र्रश्नोत्तर, सैद्धान्तिक र व्यवहारिक पक्षबारे प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment