Comments Add Comment

सुर्खेतको हर्रेडाँडामा बस दुर्घटना, ३ को मृत्यु, २७ घाइते

११ भदौ, सुर्खेत । रत्न राजमार्गअन्तर्गत सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ यात्रु घाइते भएका छन् ।

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करिब ३ बजे भेरीगंगा नगरपालिका-५ स्थित हर्रेमोडमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् । उनीहरुको सनाखत भएको छैन ।

घाइतेहरुको भेरीगंगा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण हुनेसक्ने प्रारम्भिक अनुमान गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment