Comments Add Comment

महान्यायाधिवक्ता खरेल दिल्लीमा भेटघाटमा व्यस्त

११ भदौ ,काठमाडौं । भारत तथा नेपालका अधिकारीहरूबीच साइबर अपराधको विषयमा सरकारी वकिलहरुलाई तालिम दिनेबारे छलफल भएको छ । भारत भ्रमणमा रहेका महान्यायाधिवक्ता अग्नि खरेलको त्यहाँका सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, महान्यायाधिवक्ता र कानुनमन्त्रीहरुसँग यस विषयमा छलफल गरेका हुन् ।

महान्यायाधिवक्ता खरेलले दिल्लीस्थित सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रञ्जु गोगोइसँग भेटवार्ता गरेका छन् ।

त्यस्तै, खरेलले सर्वोच्च अदालतका न्यायाधीश सन्जय कृष्ण कौल, कानुनमन्त्री रविशंकर प्रसाद तथा भारतका महान्यायाधिवक्ता केके बेनुगोपालसँग छलफल गरेका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । भेटमा कानुनको क्षेत्रमा आपसी सहयोग तथा नेपालका सरकारी वकिलका लागि साइबर अपराधको विषयमा तालिम र उच्च शिक्षाको अध्ययनका लागि सहयोग गर्नेबारे छलफल भएको बताइएको छ ।

भारत सरकारद्वारा सञ्चालित संस्था आईएलआईको सहयोगमा नेपालका ११ जना सरकारी वकिल, दुईजना मुख्य न्यायाधिवक्ताहरूसहित १४ सदस्यीय टोली हाल भारतको कानुन क्षेत्रको अध्ययन भ्रमणमा छ ।

टोलीको नेतृत्व गर्दै दिल्ली पुगेका महान्यायाधिवक्ता खरेलले भारतको कानुनी र न्यायिक क्षेत्रका उच्च नेतृत्वसँग छलफल गरेका हुन् । टोलीमा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा र गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे पनि सामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment