+
+

सारा, कविर र प्रितमको ‘गुञ्जन’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते ११:४३

द्वन्द्व निर्देशकको रुपमा परिचय बनाएका अष्ट महर्जनको निर्देशनमा बन्न लागेको चलचित्र ‘गुञ्जन’को छायांकन सुरु भएको छ । मंगलबार क्यामेरा पूजा गर्दै चलचित्रको छायांकन पनि सुरु गरिएको हो । चलचित्र छायांकनका लागि यूनिट अहिले पोखरामा छ ।

९५ प्रतिशत छायांकन पोखरामा नै हुने निर्माणपक्षले बताएको छ । लभ स्टोरी जनरामा निर्माण हुने चलचित्रमा सारा सिर्पाली, कविर खड्का र प्रितम सेन्चुरीको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथा भन्ने चलचित्रमा नयाँ शैलीको काम देखाउने दाबी अष्टको छ ।

हिरा कृष्ण शाहीको प्रस्तुतीमा बन्ने यो चलचित्रमा सुनिता शाहीको लगानी छ । महेश दवाडीको लेखन रहेको चलचित्रलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । चलचित्रमा सरोज खनालको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?