Comments Add Comment

मोहनविक्रमका मामा मसालबाट निश्कासित

११ भदौ, काठमाडौं । अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ । भदौ ५ गते बसेको पोलिटब्युरो बैठकले थापालाई निश्कासन गरेको हो ।

हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहेका थापा मसालका महामन्त्री मोहनविक्रम सिंहका मामा हुन् । मसालमा मात्र होइन, कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले समेत थापालाई ‘मामा’ भनेर सम्बोधन गर्थे । मोहनविक्रम सिंहका मामा भएकाले उनी सबैका मामाका रुपमा चिनिन्थे ।

गुल्मी पुर्ख्यौली घर भएका थापा विगत ५ दशकदेखि निरन्तर पार्टीको नेतृत्वमा थिए । मसालमा पार्टी अनुशासन कति कडा छ भन्ने कुरा महामन्त्री सिंहले आफ्नै मामालाई पनि निश्कासन गरेर पुष्टि गरेको मसालका एक नेताले बताए ।

हाँक साप्ताहिकको स्वामित्व विवाद

हाँक साप्ताहिकको स्वामित्वलाई लिएर मसालमा विवाद थियो । मसालको मुखपत्र मानिने सो पत्रिका थापाको नाममा दर्ता थियो । पछिल्लो समय मसालभित्र कृष्ण पौडेललगायतका नेताहरुसँगै थापा पनि असन्तुष्ट समूहमा थिए ।

पञ्चायतकालमा व्यक्तिको नाममा दर्ता गर्नुपर्ने भएकाले पार्टीको मुखपत्र हाँक थापाका नाममा दर्ता गरिएको हुनाले नामसारी गरिदिन पार्टीले गरेको आग्रह थापाले नमानेको आरोप लगाउँदै उनलाई कारवाही गरिएको पार्टीद्वारा जारी वक्तव्यमा उल्लेख छ । यसअघि गायक जीवन शर्मालाई पार्टीले कारवाही गरिसकेको छ ।

पढ्नुहोस् मसालको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment