Comments Add Comment

भदौ १५ गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

११ भाद्र, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भदौ १५ गते सार्वजनिक विदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै थारु समुदायले मनाउँदै आएको महान पर्व ‘अँटवारी’ को अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

गत साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले अँटवारीमा विदा दिने निर्णय गरेको थियो ।

थारु समुदायद्वारा खुशी व्यक्त

प्रदेश सरकारले अँटवारी पर्वको अवसरमा सार्वजनिक विदा घोषणा गरेकोमा थारु समुदायले खुशी व्यक्त गरेको छ ।

राष्ट्रिय जनगणना २०६८ ले सुदूरपश्चिम प्रदेशको जनसंख्या करिब २५ लाख ६० हजार छ ।

कूल जनसंख्याको करिब १७ दशमलव २१ प्रतिशत थारु समुदाय रहेको प्रदेशमा सरकारले विदा घोषणा गरकोमा थारु अगुवा दिल बहादुर चौधरीले खुशी व्यक्त गरे ।

केन्द्र सरकारले उपेक्षा गरिरहेको बेला प्रदेश सरकारले थारुहरुको मर्म र भावना अनुरुप विदा दिएकोमा प्रदेश सरकारलाई उनले धन्यबाद समेत दिए । कैलाली र कंचनपुर जिल्लामा थारु समुदायहरु बसोबास गर्ने गर्छन् ।

थारू समुदायले अँटवारी पर्वमा अघिल्लो दिन राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि आफुले खाने र भोलिपल्ट बिहान समेत भात पकाएर देउतालाई चढाइसकेपछि मात्रै खाने चलन रहेको थारु अगुवा चौधरीले बताए ।

उनले विवाहिता छोरी÷चेलीहरुका लागि ‘अग्रसान’ समेत दिने चलन रहेकोले उक्त दिन मिठा–मिठा खानेकुरा, फलफुल, दहि लगायतका परिकार बनाएर छोरी÷चेलीहरुलाई पुगाउन जाने चलन रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment