Comments Add Comment

यूईएफए अवार्ड : मेस्सी, रोनाल्डो र डाइक कसले जित्लान् ?

११ भदौ, काठमाडौं । यूईएफए वर्ष खेलाडीको अवार्ड बिहीबार घोषणा हुदै गर्दा यो अवार्ड कसले जित्ला ?

अवार्डको दौडमा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी, इटालिन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डो र इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइक रहेका छन् । यी तीन प्रतिस्पर्धीमध्ये एकले यूईएफए अवार्ड बिहीबार जित्ने छन् ।

मेस्सीले अहिलेसम्म २०११ र २०१५ गरी दुई पटक यो अवार्ड जितिसकेका छन् । गत सिजनमा ला लिगाको उपाधि बार्सिलोनालाई जिताउँदा उनले मुख्य भूमिका निभाएका थिए । रियल मड्रिड छोडेर युभेन्टस पुगेका रोनाल्डोले पनि गत सिजन उत्कृष्ट प्रदर्शन गरे । उनले आफ्नो टिमलाई इटालिन सिरि ए च्याम्पियन बनाउन सफल भए ।

रोनाल्डोले भने यूईएफए अवार्ड तीन पटक जितिसकेका छन् ।

पहिलो पटक मनोनयनमा परेका भर्जिल भान डाइक गत सिजन निकै चम्किए । डिफेन्डर भान डाइकले लिभरपुललाई च्याम्पियन्स लिगको समेत उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

सनसनीपूर्ण प्रदर्शन गर्दै सबैलाई अचम्मित बनाएका उनी यो पटकको यूईएफए अवार्ड जित्ने बलियो दाबेदारको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment