Comments Add Comment

पाकिस्तानीमा उर्दीः भारतीय सामान बहिष्कार गरौं

Photo Credit : सांकेतिक तस्वीर

काठमाडौं । भारत प्रशासित जम्मू कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता भारत सरकारले अन्त्य गरिदिएपछि चुलिएको विवादलाई लिएर भारतीय र पाकिस्तानी सामाजिक सञ्जाज प्रयोगकर्ताहरुबीच गर्मागर्मी बहस सुरु भएको छ ।पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा भारतीय सामाग्री बहिष्कार गर्ने अभियान चलाएका छन् ।

भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि भारतबाट लगिने पानी नपिउन र उर्दु भारतीय भाषा भएको भन्दै पाकिस्तानी नागरिकलाई उर्दु भाषा नबोल्न भनेका छन् ।

यस्ता छन्, पाकिस्तानी सामाजिक सञ्जाल प्रयोग कर्ताको टिप्पणीहरु

यो यस्तो हृयासट्याग हो, जुन पाकिस्तानी सोशल मिडियामा ट्रेन्डिङमा छ ।#BoycottIndianProducts  अर्थात भारतीय सामानहरूको बहिष्कार गरौँ ।

पाकिस्तानी सोशल मिडियामा भारतप्रति जनताको रिसाउनुको मुख्य कारण भनेको भारत सरकारले हालै धारा ३७० को फैसला ।

काश्मिरको विषयलाई लिएर अहिले भारत र पाकिस्तान बीच विवाद चर्किएको छ । भारत सरकारले जम्मू कश्मीरलाई दिएको विशेष अधिकार कटौती गरेपछि दुई देशबीच कश्मीरको मुद्दालाई लिएर फेरि विवाद चर्किएको हो ।

यही विषयलाई लिएर पाकिस्तानी सोशल मिडिया प्रयोगकर्ताहरूले भारतीय उत्पादन सामाग्रीहरुको बहिष्कार गर्न पाकिस्तानी जनतालालाई आग्रह गरिरहेका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत भारतमा बनेका सामानहरू खरिद नगर्न समेत आव्हान गरेका छन् ।

पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ताले एक थरीका मानिसहरुलाई भनेका छन् ‘यदि तपाईले भारतीय सामान किन्नुभयो भने भारतले पनि त्यस्तै पैसाले हतियार किन्छ, जुन काश्मिरीहरुको उत्पीडनमा प्रयोग हुनेछ ।’

पाकिस्तानीहरुले टि्वटर र फेसबुकमा #BoycottIndianProducts  पोस्ट गर्दै भारत सरकारले धारा ३७० खारेज गर्ने निर्णयको विरोध जनाइ रहेका छन् ।

सामान मात्र हैन, पाकिस्तानीलाई भारतीय चलचित्र, संगीत र टिभी सीरियल नहेर्न समेत सामाजिक सञ्जाल मार्फत आग्रह गरिएको छ ।

एक पाकिस्तानी टि्वटर प्रयोगकर्ता एम. सिद्दिकी लेख्छन्, ‘एक पाकिस्तानी भएको नाताले हाम्रा काश्मिरी साथीहरूसँग एकता प्रदर्शन गर्न भारतीय सामानको बहिष्कार गर्नु हाम्रो उत्तरदायित्व हो।’

ट्वीटको साथ सिद्दीकीले एक तस्वीर पनि पोष्ट गरेका छन्, जसमा लेखिएको छ पाकिस्तानी हुनुहोस्, पाकिस्तानी बन्नुहोस् ।

उबेद खानले #SaveKashmir / #FacistModi  लेखेर ट्वीट गरेका छन्, ‘अब समय आयो हाम्रो कार्यबाट अडान लिने, शब्दबाट होइन । यो अभियानलाई समर्थन गर्नुहोस् ।’

बिलाल शाहिदले ट्वीट गरेका छन्, “भारतको लागि हाम्रो एयरस्पेस अझै बन्द भएको छैन … यो हाम्रो देशको उत्तरदायित्व हो कि हामीले भारतमा रहेका सबै चीजहरूको बहिष्कार गर्नु पर्छ । हामीले कुनै सामान किन्नु अघि राम्रोसँग जाँच गर्नु पर्छ । भारतमा बनेको छ भने खरीद नगर्नुहोस् ।’

अर्का पाकिस्तानी टि्वटर प्रयोगकर्ताले #FreeKashmir भन्ने हृयाशट्यागका साथ लेखेका छन्, ‘बलिउड गीतहरूको बहिष्कार, बलिउड चलचित्रहरूको बहिष्कार, तपाईंको प्लेलिस्टबाट बलिउड गीतहरू हटाउनुहोस्, भारतीय ब्रान्डका सामानहरू खरिद गर्दा सावधानी अपनाउनुहोस् र भारतीय सेलिबि्रटीहरूलाई अनफ्लो गर्नुहोस् ।’

इमान नामक एक पाकिस्तानी टि्वटर प्रयोगकर्ताले धेरै सामानहरुको एउटा सूची नै तयार गरेर ट्वीट गर्दै लेखेका छन्, कश्मिरका लागि उल्लेखित सामानहरु बहिष्कार गरौैं ।

भारतीय चामल

भारतीय मसला

भारतीय पीठो

भारतीय फलफूल

भारतीय कपडा

भारतीय तेल

भारतीय दाल

भारतीय तरकारीहरू

भारतीय च्यानल

भारतीय चलचित्रहरू

भारतको यात्रा

भारतीय टायर

भारतीय कम्प्यूटर

‘भारतबाट पानी लैजान र उर्दू बोल्न बन्द गरौं’

पाकिस्तानको यो प्रवृत्तिलाई भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जवाफ दिएका छन् । बोयकोट इण्डियन प्रडक्ट्सको आलोचन गर्ने पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई उनीहरुले पनि ट्वीट मार्फत जवाफ फर्काएका छन् ।

एक भारतीय टि्वटर प्रयोगकर्ता अनिल पाटिलले लेखेका छन्, ‘यदि तपाई वास्तवमै भारतीय सामानको बहिष्कार गर्दै हुनुहुन्छ भने पहिले भारतबाट पाकिस्तान जाने पानीको बहिष्कार गर्नुहोस् ।’

संध्याले ट्वीट गरेकी छिन्, ‘कश्मीर हाम्रो हो र कश्मीरी हाम्रो मान्छे हो । यदि तपाईं भारतीय सामानको बहिष्कार गर्दै हुनुहुन्छ भने उर्दू पनि बहिष्कार गर्नुहोस् । किनभने यो भाषा भारतमा जन्मिएको हो । पाकिस्तानले भारतसँग लिएको भूमि हाम्रो हो । तपाईं किन सधैं भारतकोबारेमा कुरा गरिरहनुहुन्छ ? तपाई आफ्नो अर्थव्यवस्थालाई बचाउनुहोस् ।’

इन्स्टा रोभर नामको एउटा टि्वटर हृयान्डलले ट्वीट गरेका छन्, ‘पाकिस्तानीहरूले बोयकोट इण्डियन प्रडक्ट्स बहिष्कार गर्ने जुन ट्रेन्ड छ यसले तँलाई नै घाटा हुन्छ, मलाई केही पनि हुँदैन ।’

शुरूदेखि नै, पाकिस्तानले जम्मू कश्मीरको संवैधानिक स्वायत्तता अन्त्य गर्ने मोदी सरकारको निर्णयप्रति कडा प्रतिक्रिया जनाउँदै आएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफैंले पाकिस्तानको संसदमा यसबारे बोलेका छन् ।

उनले कश्मीरका लागि कम्तिमा आधा घण्टा हिंडेर भारतको बिरूद्ध आवाज उठाउन पाकिस्तानी नागरिकलाई अपील गरेका थिए ।

यसैबीच, भारतीय नेतृत्वको दृष्टिकोण पनि पाकिस्तानप्रति आक्रामक देखिएको छ । केही दिन अघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले एक बैठकमा भनेका थिए, पाकिस्तानसँगे पीओकेको बारेमा मात्रै वार्ता हुने छ ।

कंग्रेस नेता राहुल गान्धीले पनि कश्मीरको मुद्दामा पाकिस्तानलाई निशाना बनाएका छन् । जम्मू कश्मीरमा भएको हिंसाको लागि उनले पाकिस्तानलाई दोष दिएका छन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘हिंसा जम्मू कश्मीरमा भएको छ । त्यहाँको हिंसालाई उक्साइएको छ र पाकिस्तानले समर्थन गरेको छ, जसलाई विश्वव्यापी रूपमा आतंकवादको हिमायतीको रूपमा लिन सकिन्छ ।’

बीबीसी हिन्दीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment