Comments Add Comment

पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण

१२ भदौ, काठमाडौं । जम्मू-कश्मीर मुद्दामा भारतसँग विवाद बढिरहेको बेला पाकिस्तानले ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू-कश्मीरको विशेष राज्यको दर्जा खोसेको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाइरहेको पाकिस्तानले बिहीबार मिसाइल परीक्षण गरेको हो । पाकिस्तानी सेनाका प्रवक्ताले मिसाइल परीक्षणको भिडियो ट्वीट गरेर यसको पुष्टि गरेका छन् ।

उनले ट्वीटरमा लेखेअनुसार गजनबी मिसाइलले २९० किलोमिटर टाढासम्म मार हान्न सक्छ । बिभिन्न प्रकारका हतियार लैजान सक्ने विशेषतायुक्त यो मिसाइलमार्फत  सतहबाट सतहमा पनि प्रहार गर्न सकिन्छ ।

मिसाइल परीक्षणपछि पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले पूरै टिमलाई बधाई दिएका छन् ।

ब्यालेस्टिक मिसाइल ठूलो हुन्छ र भारी वजनको बम बोक्ने क्षमता हुन्छ । तर त्यसलाई प्रहार गर्नुभन्दा अगाडि नै नष्ट गर्न सकिन्छ किनभने यसलाई लुकाउन सकिँदैन । ब्यालेस्टिक मिसाइल एकपटक प्रहार गरिसकेपछि नष्ट गर्न सजिलो हुँदैन ।

ब्यालेस्टिक मिसाइल आफ्नै इन्धनबाट चल्छ र त्यसमा प्रयोग हुने अक्सिजन पनि सँगै राखिएको हुन्छ ।

ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि हावामा अर्धचन्द्राकार बनेर उड्छ । जब रकेटसँग त्यसको सम्पर्क सकिन्छ, तब त्यसमा जडान गरिएको बम गुरुत्वाकर्षणका कारण जमिनमा खस्छ । त्यसैले ब्यालेस्टिक मिसाइल एकपटक प्रहार गरिसकेपछि त्यसको लक्ष्यमा कुनै नियन्त्रण हुँदैन ।

ब्यालेस्टिक मिसाइलको प्रयोग आमरुपमा परमाणु बमको लागि हुन्छ, तर कहिलेकाहीँ पारम्परिक हतियारको साथमा पनि यसको प्रयोग हुँदै आएको छ ।

यो पनि पढ्नुहोस जम्मू-कश्मीर मुद्दामा पाकिस्तानले राष्ट्रसंघलाई फेरि लेख्यो चिठ्ठी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment