+
+

मेगाको ग्राहकलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते २१:४४

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना ल्याएको छ।

मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको हो। खातावाल तथा श्रीमान्-श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिनेछ।

उक्त योजनामा खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिने र तीन फरक योजनाहरुमध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिने कम्पनीले जनाएको छ।

जसबाट दुर्घटना मृत्यु बीमा, घातक रोग बीमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम एक करोड ५० लाखसम्मको बिमा सुरक्षाको व्यवस्था पनि गरिएका कम्पनीले जानकारी दिएको छ।

यो खाता खासगरि निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगार मूलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, विभिन्‍न पेशा व्यावसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने मेगा बैंकको विश्वास छ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकको यस योजनालाई ग्राहकहरुले अत्याधिक मन पराउने मेगा बैंककी सिइओ अनुपमा खुञ्‍जेलीको विश्वास छ।

यो खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था कम्पनीले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?