Comments Add Comment

आजका पत्रपत्रिका : कवाडीलाई शोधपत्र, डेंगु रोक्न सुरक्षाकर्मी !

१३ भदौ, काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको फैलावट र राष्ट्रिय सभामा पेस भएको मिडिया काउन्सिल विधेयक आजका अधिकांश दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक वेपत्ता पारिएकाहरूको अवस्था, अनुसन्धानमूलक सामग्रीहरूको संरक्षण, नेपाल–चीनबीचको सैन्य अभ्यासलगायत विषयलाई पनि पनि पत्रपत्रिकाहरूले ‘कभरेज’ गरेका छन् ।

अन्नपूर्णले डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको समाचार छापेको छ । यो रोग फैलाउने लामखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो विकल्प रोजेको समाचारमा उल्लेख छ ।

यसअघि २०६७ मा चितवनमा फैलिएको डेंगु नियन्त्रण गर्न पनि मन्त्रालयले सुरक्षाकर्मीको सहयोग लिएको थियो ।

यस वर्ष धरानबाट देखापरेको डेंगु कर्णालीबाहेकका सबै प्रदेशमा फैलिएको छ । यसबाट संक्रमित कम्तीमा ३ को ज्यान गइसकेको छ भने १५०० भन्दा संक्रमित छन् ।

‘सच्चिँदै मिडिया काउन्सिल विधेयक’ शीर्षक दिएर अन्नपूर्णले अर्को खबर पनि छापेको छ । समाचार अनुसार चौतर्फी दबावपछि सरकार लचिलो बनेको छ र केही प्रावधानहरू परिवर्तन गरिएका छन् ।

कांग्रेस केन्द्रीय समितिले सडक र सदन तताउने भनेर लिएको निर्णय र नेपाल–चीनबीच जारी सैन्य अभ्यासलाई पनि अन्नपूर्णले प्राथमिकतापूर्वक आफ्नो पहिलो पृष्ठमा समेटेको छ ।

कान्तिपुरले ‘कहाँ छन् ३३०० ?’ शीर्षक दिएर द्वन्द्वकालमा बेपत्ता पारिएकाहरूको अवस्थाबारे राज्यसँग प्रश्न गरेको छ ।

तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा राज्य र विद्रोही पक्षबाट ३३०० नागरिक बेपत्ता बनाइएका थिए । तर, वर्षौं बितिसक्दा पनि उनीहरूको अवस्थाबारे परिवारका सदस्यले थाहा पाउन सकेका छैनन् ।

कबाडीलाई शोधपत्र बिक्री गरिएकोसम्बन्धी खबरलाई कान्तिपुरले एंकर बनाएर छापेको छ । स्नातकोत्तर क्याम्पसका प्रमुख महेशकुमार खत्रीले पुस्तकालयमा रहेका मानविकी संकायअन्तर्गत १२ विषयका महत्त्वपूर्ण किताब र शोधपत्र कवाडी व्यवसायीलाई बेचिदिएकाे समाचारमा उल्लेख छ ।

पुस्तकालयका किताब र विद्यार्थीले बुझाएका शोधपत्र बिक्री गर्न मिल्दैन । गर्नैपरे सम्बन्धित संकाय शिक्षक र विभाग प्रमुखसँग परामर्श गरेर माथिल्लो निकायको स्वीकृतिमा मुचुल्का उठाएर मात्र बिक्री गरिनेपर्ने प्रावधान छ । तर, क्याम्पस प्रमुख खत्रीले १२ क्विन्टल किताब प्रतिकिलो ८ रुपैयाँ र ४ क्विन्टल शोधपत्र प्रतिकिलो १४ रुपैयाँका दरले कवाडीलाई बिक्री गरेका छन् ।

कोलकातामा नेपालकै कन्टेनर स्टेशन स्थापना भएको खबरलाई नागरिकले प्राथमिकतापूर्वक छापेको छ । त्यस्तै, कांग्रेस बैठकको निष्कर्ष र नेपाल–चीन संयुक्त सैन्य अभ्यासबारे पनि नागरिकले समाचार बनाएको छ ।

सरकारी मुखपत्र गोरखापत्रमा पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ मा हुने खबर छापिएको छ भने राजधानीले वीर अस्पतालले सेवा दस्तुर बढाउन लागेको लेखेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment