Comments Add Comment

दुबै खुट्टा नचल्ने सितालाई घर उपहार

१३ भदौ, गुल्मी । जन्मजात अपाङ्गता भएकी रेसुङ्गा नगरपालिका गुल्मीकी सिता पन्थीलाई सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले निर्माण गरिदिएका छन् ।

जिल्ला सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका-७ सुकुम्बासी लाइन बस्ने दुबै खुट्टा नचल्ने पन्थीका लागि तम्घासको पुतलीबजारमा अपाङ्गमैत्री घर निर्माण गरिएको हो ।

बृद्धा आमासँग कष्टपूर्ण अवस्थामा बस्दै आएकी पन्थीका लागि तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रको सक्रियतामा अन्य संस्थाको सहकार्यमा घर निर्माण गरिएको हो ।

सदरमुकाम नजिकै रहेर पनि निकै जीर्ण अबस्थामा रहेको घरमा बस्दै आएको थाहा पाएपछि तम्घास उदिनढुंगा निवासी अम्बीका श्रेष्ठले घर निर्माणका लागि बिभिन्न संस्थासँग सहकार्य गरेकी थिइन् ।

आशा अपाङ्ग केन्द्रसँग सहकार्य गरेसँगै घर निर्माणको लागि अभियान चलाइएको थियो । समाजसेवी श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर रेसुङ्ग नगरपालिका, प्रदेश ५ सामाजिक विकास मन्त्रालयसहित झण्डै ५० जनाभन्दा बढी व्यक्ति र संस्थाको सहयोगमा घर निर्माण सम्पन्न भएको छ।

घर निर्माणमा ४ लाख बढी रकम खर्च भएको बताइएको छ । नयाँ घरको एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिका गुल्मीकी उपमेयर सिता भण्डारीले हस्तातरण गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment