Comments Add Comment

नेपाली बजारका कहलिएका ‘कम्प्याक्ट एसयूभी’

शहरमा नव धनाढ्यहरु बढ्दैछन् । इन्ट्री लेभलका गाडी चढिसकेर ‘अपग्रेड’ हुन खोजिरहनेहरु यही वर्गामा धेरै हुन्छन् । यस्ता वर्गमा व्यक्तिलाई कम्प्याक्ट एसयूभी (स्पोर्ट युटिलिटी भेहिकल) गाडी राम्रो विकल्प हो ।

एसयूभी गाडीको रहर गरिरहेकमाहरु एकैपटक पि्रमियि प्रोडक्ट  किन्न नसक्ने अवस्थाका कारण यो सेगमेन्टमा अहिले नेपालकै सबैभन्दा धेरै आकर्षण छ । ग्राहकको आकर्षणले कार निर्माता तथा वितरक कम्पनीलाई पनि नयाँ एसयूभी बजारमा ल्याउन प्रोत्साहन गरिरहेको छ ।

सडकको खराब अवस्थाले ह्याचब्याक कारलाई एसयूभी गाडीले विस्थापित गर्ने क्रम पनि तीव्र भएको छ । राजधानीमै सडक नाजुक हुँदा राम्रो ग्राउन्ड क्लेयरेन्स र पावर भएको गाडीमा ग्राहकको ध्यान छ । त्यसैले ह्याचब्याक र सेडान छाड्नको विकल्प कम्प्याक्ट एसयूभी बनेको छ ।

कम्पनीहरुले ल्याएका कम्प्याक्ट एसयूभीमा यस्ता गाडीमा हुने आधुनिक फिचरहरु छन् । इञ्जिन पनि शक्तिशाली राखिएका छन् । माइलेजमा पनि कम्याक्ट एसयूभी सेगमेन्टका गाडी त्यति कमजोर छैनन् । सँगै लग्जरियर फिचर्सले पनि ग्राहकलाई यसतर्फ तानेको छ ।

अफरोडका लागि उत्कृष्ट परफर्मेन्स दिने भएकाले पनि यसमा धेरैको ध्यान खिचिएको देखिन्छ । मूल्य पनि असाधारण नहुने भएकाले कम्प्याक्ट एसयूभीहरु नेपालमा एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् र यसको बजारमा पनि फैंलिँदो छ ।

नेपाली अटो बजारमा तीव्र रुपमा विकास भइरहेको कम्प्याक्ट एसयूभी सेगमेन्टमा कम्पनीरु पनि तीव्र प्रतिस्पर्धामा छन् ।

एसयूभी गाडी लामो यात्रा लागि मात्रै नभएर सिटीका लागि सबैभन्दा उपयुक्त गाडी मानिन्छ । यसमा चढ्नुको शान त छँदैछ, सँगै झन्झन्मुक्त यात्रा लागि यो सुपरिचत छ ।

नेपाली बजारमा धेरै कम्याक्ट एसयूभीहरु अहिले उपलब्ध छन् । केही चर्चाको शिखरमा छन् भने केही आˆनो बजारमा सुस्त भएपनि प्रभाव छाडिरहेका छन् ।

ग्राहकलाई कम्प्याक्ट एसयूभी सेगमेन्टमा प्रवेश गरेर गाडी खोज्दा निकै विकल्पहरु खुला छन् । तर, त्यसबीचबाट एउटा गाडी रोज्न भने मुस्किल छ । किनेभने अधिकांश कम्प्याक्ट एसयूभी अब्बल छन् ।

टाटा नेक्सन

टाटा उत्कृष्ट एसयूभी सावित भएको गाडी हो, नेक्सन । यो गाडी सुरक्षाका हिसावले सबैभन्दा महत्वपूर्ण छ ।

यसको नयाँ अडिसन ‘नेक्सन क्राज’ पनि आइसकेको छ । यो कार निकै शानदार छ । यसमा आकर्षक रुफ छ, रंग पोतिएको छ । यसमा अटोमेटिक गियरबक्सको पनि विकल्प दिइएको छ । यसलाई निकै महत्वपूर्ण मानिएको छ । यसको लुक्स अझै अब्बल छ ।

क्र्यास टेस्टमा पनि उत्कृष्ट सावित भएको नेक्सनले नेपाली बजारमा निकै राम्रो चर्चा बटुलेको छ । टाटा नेक्सनका केही भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेन्जरोभर इभोकबाट प्रेरित छ ।

कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसको वर्गमा नयाँ आयाम ल्याएको छ ।

डुअल कलरटोनमा उपलब्ध यो कार केही नवीन र चाखलाग्दो स्टाईल फ्याक्टरहरुबाट सुसज्जित छ । यसमा प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलईडी टेलल्याम्प लगायत महत्वपूर्ण विशेषताका रुपमा छन् ।

नेक्सनको डिजाइन निकै अब्बल किसिमको छ । यो स्पोर्टीमात्रै छैन पि्रमियम लुक्ससहित आएको छ । टाटा नेक्सनको इन्टेरियरलाई सजाउन पनि कम्पनीले निकै मिहिनेत गरेको छ ।

नेक्सन इम्प्रेसिभ लुक्सका साथमा दमदार इन्जिनसहित बनेको छ । नेक्सनमा १.२ लिटरको ३ सिलिण्डरयुक्त रेभोर्टन इञ्जिन छ । डिजेल भर्सनमा भने १५ सय सीसीमा ४ सिलिन्डरको रेभोटर्क इन्जिन छ ।

पेट्रोल इन्जिनले ११० पीएसको पावरका साथमा १७० एमएमको टर्क उत्पादन गर्छ । डिजेल इन्जिनले भने १०९ पीएसमा २६० एनएमको टर्क दिन्छ । दुबै भर्सनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन छ ।

सहज ड्राइभिङका लागि ४ वटा मोडको विकल्प छ । इको, सिटी र स्पोर्ट मोडमा गाडी चलाउन सकिन्छ । यसको सस्पेन्सन सिस्टम पनि नेपाली बाटोको लागि उपयुक्त छ ।

नेक्सनको मूल्य ३५ लाख ५५ हजारदेखि ४८ लाख ९९ हजारसम्म छ ।

इग्निस

जापानिज सुजुकी ‘इग्निस’ नेपालको सबैभन्दा सब-कम्प्याक्ट एसयूभी कार हो । नाडा अटो-शोमा इग्निस नेपाली बजारमा आएको हो ।

फरक बनोट र स्टाइलिस डिजाइन कारण यो गाडीले पनि नेपाली उपभोक्ताको मन जित्ने कम्पनीको दावी छ । दमदार लुक्सका कारण भारतीय बजारमा यसको निकै चर्चा छ ।

यो कार सिग्मा, डेल्टा, जीटा र अल्फा गरी चार भेरियन्टमा उपलब्ध छन् । पर्फ]{ट डिजाइनमा तयार भएको इग्निस नयाँ किसिमको कार चढ्न चाहानेहरुका लागि उत्कृष्ट विकल्प बन्ने देखिन्छ ।

जोसुकैले एकैपटकमा नोट गर्ने यसको आउट लूक नै हो । नेपाल सार्वजनिक हुनासाथ यसको चर्चा चुलिएको छ ।  इग्निस अगाडिबाट मात्रै हैन पछाडिबाट हेर्दा पनि त्यत्तिकै स्मार्ट देखिन्छ ।

रेट्रो लुक्ससहितको यसमा हेडलाइट्सको साथ डे टाइम रनिङ लाइटले यसलाई एउटा फरक अवतारमा प्रस्तुत गरेको छ । कम्प्याक्ट कार भएर पनि बम्परमा ब्ल्याक क्लेडिङसहित एसयूभीवाला इलिमेन्टसहरु राखेर मस्क्यूलिन लुकका साथ ल्याइएको छ ।

यसमा पावरफूल पेट्रोल इञ्जिन छ । यो कारमा १.२ लिटर पेट्रोल इञ्जिन छ । यसको इञ्जिनले ८२ बीएचपीको पावर र ११३ एनएमको टर्क उत्पादन गर्छ ।

यसमा २ लिटरको भीभीटी पेट्रोल इञ्जिन पनि दिइएको छ । यसमा ४ सिलिण्डर छन् । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन छ ।

यसले प्रतिलिटर २०.८९ किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ । यो १.२ लिटर पेट्रोल इञ्जिनमा आएको छ । यो कारको ˆयुल इफिसियन्सी पनि राम्रो छ । यसले प्रतिलिटर २०.८९ किलोमिटरको माइलेज दिन्छ ।

यसमा २५८ लिटरको बूट स्पेश पनि छ । जसलाई पछाडिको सिट फोल्ड गरेर ४१५ लिटरको पनि बनाउन सकिन्छ । इन्टेरियरको कुरा गर्दा यो पि्रमियम एसयूभी बराबरको फिचर्सबाट सुसज्जित छ ।

दुई ड्राइभ मोडले हाइवे र शहरी एरियामा राम्रो परफरमेन्स दिन्छन् । कार थोरै छोटो भएकाले यसको ह्याण्डिलिङ पनि सजिलोसँग गर्न सकिन्छ ।

यसमा १८० एमएमको ग्राउण्ड क्लेयरेन्सले अप्ठेरो सडकमा गाडी चलाउँदा पनि सजिलोसँग हृयाण्डल गर्न सकिन्छ । इग्निस डुअल कलर टोनको साथमा आएको छ ।

२७ लाख ९९ हजार देखि ३३ लाख ९९ हजारसम्म छ ।

भिटारा ब्रेजा

सुजुकीको भिटारा ब्रेजा नेपाली बजारमा एसयूभी सेगमेन्टमै पहिलोपटक डुअल कलर स्किमसहित आएको कार हो । तीन वर्षअघि नै सुजुकी मोटर्स कर्पले यसलाई भित्र्याएको थियो ।

विशेषगरी भारतीय बजारलाई लक्षित गरेर भारतमै डिजाइन गरी तयार पारिएको मारुतीको पहिलो कम्प्याक्ट एसयूभी हो ब्रेजा ।

यसमा टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्टेयरिङ माउन्टेड कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प लगायतका फिचर्स छन् । ब्रेजाको डिजाइन भब्य र स्पोर्टी गाडीको फिल दिने खालको छ ।

ब्रेजा विभिन्न भ्यारियन्ट उपलब्ध छ । यो विभिन्न एकल तथा मिश्रति रंगमा उपलब्ध गराइएको छ । यसको फ्युल इफिसियन्सी २४ किलोमिटर प्रतिलिटर छ । ब्रेजामा ४८ लिटर क्षमताको फ्युल ट्यांक जडान भएको छ ।

यसमा १ सय ९८ मिलिमिटरको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स छ । नेपाली बाटोका लागि यसको ग्राउन्ड क्लियरेन्स उत्कृष्ट मानिएको छ ।

कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० इन्जिन जडान गरिएको छ । डीडीआईएस २०० डिजल इञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रति लिटर माइलेज दिन्छ ।

उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र स्पोर्टी बडी किटसहितको यस कारमा स्पोर्टी अलो हि्वल्स देखिने गरी मस्कूलर हि्वल आर्कको प्रयोग गरिएको छ । कारमा आन्तरिक सजनवटका लागि पीयानो फिनिससहित स्पोर्टी सिटको प्रयोग गरिएको छ । कारमा सहज यात्राको लागि ठूलो क्याविन र बुटस्पेस उपलब्ध गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले कारमा एप्पल कार प्ले सहितको स्मार्ट प्ले ईन्फोटेनमेन्ट प्रणाली, क्रुज कन्ट्रोल, एन्टी पिन्च गार्ड पावर विन्डो लगायत फिचर्सहरु रहेको दावी गरेको छ ।

कारमा कि-लेस इन्ट्री, स्टेरिङ माउन्टेड कन्ट्रोल, ब्लू टूथ, भ्वाइस कमाण्ड, इन्जिन स्टार्ट स्टप बटन, क्यामेरासहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधा पनि उपलब्ध छ ।

यसको मूल्य ३९ लाख ४९ हजार देखि ४८ लाख ९९ हजारसम्म छ ।

क्रेटा

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री वितरण गर्ने हुन्डाइको क्रेटा अर्को महत्वपूर्ण एसयूभी हो । गत वर्ष यसको फेसलिफ्ट आएको थियो ।

निकै रुचाइएको क्रेटाको फेसलिफ्ट अझ आकर्षक र दमादार मोडलमा उयपलब्ध भएको छ । यसको फ्रन्ट गि्रल, स्टिल क्रोम लगायतका फिचर्स विशेष छन् । बम्पर निकै आकर्षक छ ।

ड्युल टोन कलरसहित आएको क्रेटामा स्पोर्टी लुक्स दिइएको छ । प्रोजेक्टर हेडलाईटले यसलाई आकर्षक बनाएको छ । फगल्याम्प पनि नयाँ छ । एलइडी डेटाइम रनिङ लाईट फगल्याम्पसँगै जोडिएको छ । यसमा १७ इन्चको डायमन्ड कट एलोय ह्वील छ ।

इन्टेरियरमा पनि धेरै फेरबदरल गरिएको छ । सनरुफको अप्सनले यसलाई बलियो बनाएको छ । गाडीलाई विभिन्न फिचर्स थपेर अझ विलासी र पि्रमियम फिचर्सयुक्त बनाइएको छ । इन्फोटेन्मेन्ट सिस्टम पनि परिमार्जन भएको छ । यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने सिस्टम छ ।

क्रेटा बिल्कुलै नयाँ स्टाइलको कम्प्याक्ट एसयुभी हो । नेपालमा हुन्डाईको उपस्थिति थप मजबुत बनाउन लक्ष्य राखेर नै यो कार भित्राइएको थियो । जसलाई क्रेटाले पुरा पनि गरेको कम्पनी बताउँछ ।

तर, ग्राउन्ड क्लेयरेन्समा अब्बल रहेका कारण पनि यो नेपाली माटो र बाटो सुहाउँदो ठहरिएको छ । यसको बुट स्पेस ४०२ लिटरको छ । यसको पर्याप्त बुट स्पेशले परिवारिक यात्रा सहज गराउँछ ।

क्रेटा देख्दा जति सानदार लाग्छ, यसको मूल्य भने ग्राहकका लागि अवश्विसनीय नै छ । अनेकन फिचर्सले सजिएको क्रेटा सुरक्षाका मामिलामा अन्यभन्दा उत्कृष्ट रहेकाले पनि ग्राहकले यसलाई विश्वस गरेका छन् । शक्तिशाली इन्जिन रहेको क्रेटा डिजाइनमा स्टायलिस माात्रै छैन, उत्कृष्ट ढाँचागत बनोटले सुरक्षाका मामिलामा पनि अब्बल छ ।

इन्टेरियरलाई जति आकर्षक बनाइएको छ त्यति नै गाडीभित्रको ‘न्वाइज’ लाई सेन्सर गर्ने गरी बनोट तयार गरिएको छ । गाडीभित्र बस्दा भित्र र बाहरिको आवाज झेल्नुनपर्ने भएकाले धेरैलाई यसले सन्तुष्ट बनाएको छ ।

क्रेटाको न्युनतम् मूल्य ४६ लाख ९६ हजार देखि ६१ लाख ९६ हजारसम्म छ ।

भेन्यू

हुन्डाइले हालै सब कम्प्याक्ट एसयूभी ‘भेन्यू’ नेपाली बजारमा ल्याएको छ । यो गाडी पनि नाडाकै लागि नेपाल ल्याइएको हो । यो गाडीले नेपाली बजारमा गजबको प्रतिक्रिया र ग्राहक बटुल्ने विश्वास कम्पनीको छ । हुन्डाईको नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यो गाडी नेपाली माटो र बाटो सुहाँउदो रहेको बताएको छ ।

विशेषगरी ३५ देखि ४५ वर्ष उमेरका व्यक्ति, इन्ट्री लेभलमा गाडी अपग्रेड गर्न चाहने र मध्यमवर्गका विभिन्न पेशागत उपभोक्ता तथा युवाहरुलाई लक्षित गरी यो गाडी नेपाल ल्याइएको कम्पनीले जानएको छ । उत्कृष्ट एक्स्टेरियर, इन्टेरियर र फिचर्समा ल्याएकाले पनि यसले बजारमा राम्रो चर्चा पाउने विश्वास कम्पनीको दावी छ ।

भेन्यू गाडी पि्रमियम अवतारमा आएको छ । यसमा विभिन्न आधुनिक सुविधाहरु छन्, जसले कारलाई पि्रमियमस्तरको बनाएको छ ।

भेन्यूमा थुप्रै ‘बेस्ट इन सेगमेन्ट’ र ‘फस्र्ट इन सेगमेन्ट’ फिचर्सहरु छन् । जुन ग्राहकका लागि निकै उपयोगी हुन्छन् । यसमा शक्तिशाली इन्जिनहरु प्रयोग भएका छन् । यो गाडीमा १.२ लिटर पेट्रोल इन्जिन, १.४ डिजेल इन्जिन र १.० टर्बो पेट्रोल इन्जिनका विकल्पहरु छन् ।

यो गाडी स्पेसियस त छ नै, यो डिजाइनका हिसावले पनि निकै आकर्षक छ । यसको बाहिरी डिजाइनले सबैलाई प्रभावित गर्क सक्छ ।

भेन्यूमा प्रजेक्टर हेडल्याम्प, कर्नरिङ ल्याम्प, होलोजन ल्याम्प र एलईडी डीआरएल एन्ड पोजिनिसिङ ल्याम्प दिइएको छ ।

टेल ल्याम्प पनि एलईडीमा क्रिस्टल इफेक्टसहितको छ । यसमा डार्क क्रोम फ्रन्ट गि्रल छ । जसले गाडीलाई निकै सानदार देखाएको छ । यसमा स्पोर्ट रुफ रेल्स छ । फूल हि्वल कभर डायमन्ड कट एलोय हि्वल पनि ।

अगाडिबाट मात्रै हैन, पछाडि र साइडबाट पनि भेन्यू निकै आकर्षक देखिन्छ । रुफल एन्टेना पनि दिइएको छ ।

यसको इन्टेरियर निकै लोभलाग्दो छ । यसमा ब्ल्याक सिंगल टोन थिम छ । खाकी डुअल टोन थिमको अप्सन पनि छ । फेबि्रक सिट आरामदायी छ । लेदर प्याक स्पेयरिङ हि्वल र गियर नोव छ ।

मेटलले फिनिसिङ गरेको भित्री डोल ह्यान्डलडोरमा म्याप पकेट र सिट ब्याक पकेट पनि छ । यसमा सुपर भिजन क्लस्टर छ । हाईट एड्जस्टेबल सिट छ । अगाडि एड्जस्टेबल हेड रेस्ट छ ।

२.३२ सीएमको टच स्क्रीन डिस्प्ले अडियो भिडियो सिस्टम छ । यसमा स्मार्ट फोन कनेक्टीभिटीको सुविधा पनि छ । भ्वाइस रिगग्निसन, एन्ड्रोइड अटो, एपल कारप्ले लगायतका अप्सनहरु छन् ।

भेन्यूको मूल्य ३४ लाख ९६ हजारदेखि ५५ लाख ९६ हजारसम्म छ ।

केयुभी-१००

महिन्द्राले पहिलोपटक बजारमा सानो आकारको एसयूभीका रुपमा चिनाएको गाडी हो ‘केयुभी १००’ । ‘दी योङ एसयूभी’ भनिने यो गाडीले स्पोर्टस गाडी चढ्न चाहने उपभोक्तालाई आकषिर्त गरेको छ ।

१२ सय सीसीको इन्जिन रहेको केयुभी डिजेल र पेट्रोल दुबै अप्सनमा छ । माइलेजको कुरा गर्दा यसको पेट्रोल इन्जिनले प्रतिलिटर १८ किलोमिटर र डिजेल इन्जिनले २५ किलोमिटर दिने कम्पनीको दाबी छ ।

नेपाली सडक सुहाउँदो केयुभीमा पाँच स्पिड म्यानुअल गियर छ । यसको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर रहेको छ । यसको टर्निङ रेडियस ५.०५ मिटर रहेको हुँदा साँघुरो सडकमा पनि सजिलै मोड्न सकिन्छ ।

केयुभी-१०० मा ५ जनाले सहजै यात्रा गर्न सक्छन् । यसमा ३५ लिटर क्षमताको इन्धन ट्यांकी छ भने २४३ लिटरको समान राख्ने बूट स्पेश छ ।

केयुभीको सवैभन्दा लोभलाग्दो पक्ष भनेको यसको डिजाइन नै हो । इन्टेरियर डिजाइन स्पेसियस र आरामदायी छ । यसमा स्पोर्टी स्टेरिङ हृवील, स्टाइलिस फ्लोटिङ ड्यास बोर्ड, डिस्प्ले सहितको इन्फोटेनमेन्ट सिष्टम रहेको छ ।

यसमा ६ स्पिकर इन्फोटेनमेन्ट, ब्लुटुथ सिष्टम, ह्यान्डस फ्रि मोड, युएसबी, स्टेरिङ, फोन कन्ट्रोल, डिजिटल इञ्जिन, इमोबीलाइजर लगायतका फिचरहरु छन् ।

यसमा डे टाइम रनिङ ल्याम्प, टर्न इन्डिकेटर्स, मस्कुलर एण्ड सार्प बोडी, स्टाइलिस रुफ रेल, एलइडी फग ल्याम्प लगायतका सुविधाहरु यो गाडीमा छन् । नेपाली बजारमा पेट्रोल इन्जिनमा ४ र डिजेल इन्जिनमा ३ भेरियन्टमा उपलब्ध छ ।

यो गाडीको मूल्य २७ लाख ७५ हजारदेखि ३४ लाख ४५ हजारसम्म छ ।

एक्सयूभी ३००

महिन्द्राले उत्पादन गरेको स्पोर्ट्स यूटिलिटी भेइकल (एसयूभी) ‘एक्सयूभी ३००’ र कम्पनीकै पहिलो लग्जरी मल्टि पर्पोज भेइकल -एमपीभी) ‘मराजो’ ले नाडा अटो शो २०१९ मा सबैको ध्यान खिच्ने दावी गरिएको छ ।

महिन्द्राको लेटेस्ट एसयूभी महिन्ऽा एक्सयूभी-३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो । महिन्द्राको नयाँ प्लाटर्फम ‘एक्स-१००’ अवधारणामा आधारित एक्सयूभी-३०० को डिजाइन निकै आक्रामक रहेको छ ।

यसमा आकर्षक सन-रुफको साथै, एलईडी डेटाइम रनिङ-लाइट, पुस स्टार्टस्टप बटन, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् ।

एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क-ब्रेक, १७ इन्च अलोय-ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी-३०० निकै सुरक्षित गाडी बनेको छ ।

नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरका साथै २००० देखि ३५०० आरपीएममा २०० एनएम-टर्क उत्पादन गर्छ ।

साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५०० देखि २५०० आरपीएममा ३०० एनएम टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकषिर्त गर्नेछ ।

त्यस्तै निकै चर्चामा रहेको महिन्ऽाको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो शोमा मुख्य आकर्षणको रुपमा रहने छ । मराजोको डिजाइन सार्क माछाबाट प्रेरित हो भने, कारको केही भागहरु शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित भएर निर्माण गरिएको छ ।

एक्यूभीका ३००को मूल्य ३९ लाख ७५ हजारदेखि ५७ लाख २५ हजारसम्म छ ।

डस्टर

रेनोको ‘डस्टर’ नेपाली बजारमा उत्रिएको नयाँ एसयूभी हो । गत वर्ष नाडा शोकै अवसरमा रेनल्टले आˆनो ब्राण्डसँगै यसलाई नेपालमा ल्याएको थियो ।

एड्भान्स अटोमोबाइल्स प्रालिले यो सेगमेन्टका अन्य गाडीलाई टक्कर दिन सक्ने गाडीका रुपमा डस्टर ल्याएको थियो । जसलाई उसले प्रमाणित पनि गरेको छ ।

डस्टर अहिले पनि धेरै रुचाइएको कम्याक्ट एसयूभी हो । यो गाडी डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध गराइएको छ । यसमा ड्युल टोन सफ्ट टच ड्यासबोर्ड, क्रिमसन ब्ल्याक इन्टेरियर, गन मेटल फिनिस एलोई ह्वील लगायत स्पेश फिचर्सहरु छन् ।

यसैगरी अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्युअल विंग्ड प|mन्ट ग्रील, हक आई क्लस्टर हेडल्याम्प, कायाक रुफ रेल्स लगायत विशेषता पनि यसमा छन् ।

डस्टरको डिजेल भर्सनमा १५ सय सिसी र पेट्रोल भर्सनमा १६ सय सिसीको इञ्जिन जोडिएको छ । यो विभिन्न ६ भेरियन्टमा उपलब्ध छ । डस्टर पेट्रोल भर्सन २ र डिजेल भर्सन ४ भेरियन्टमा उपलब्ध छन् ।

यसको स्मार्ट लुक्ससहित यसमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स छ । गाडीमा वल्र्ड क्लास सेक्युरिटी फिचर्सहरु रहेको कम्पनीको दावी छ । यसको प्रारम्भिक मूल्य ३३ लाख ५६ हजार देखि ५४ लाख ३ हजार रुपैयाँसम्म छ ।

कार डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध छ । ड्युल टोन सˆट टच ड्यासबोर्ड, क्रिमसन ब्ल्याक इन्टेरियर, गन मेटल फिनिस एलोई ह्वील, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्युअल विंग्ड प|mन्ट गि्रल, हक आई क्लस्टर हेडल्याम्प, कायाक रुफ रेल्स लगायत विशेषता सयमा छन् ।

यसको मूल्य ३९ लाख ९० हजार देखि ५९ लाख ०९ हजारसम्म छ ।

इकोस्पोर्ट

कम्प्याक्ट एसयूभी ‘इकोस्पोर्ट’ फोर्ड कम्पनीले उत्पादन गरेको कार हो । इको स्र्पोट सुरक्षित भएकै कारण ग्राहकको मन जित्न सफल भएको दावी कम्पनीको छ ।

आधुनिक फिचर्स, गाडीको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, माइलेजका कारण धेरैले यसाई रुचाएका छन् । यो विभिन्न कलर अप्सनमा  उपलब्ध छ ।

यो १५ सय सीसीको कम्प्याक्ट एसयूभी हो । इकोस्पोर्ट पेट्रोल र डिजेलका थुप्रै भेरियन्टमा उपलब्ध छन् ।

यसमा ५ सिट क्षमता छ भने ५२ लिटरको टयांकी छ । ग्राउण्ड क्लियरेन्स २०० मिलिमिटर छ । प्रतिलिटर पेट्रोलमा यो गाडीले १८ दशमलब ८८ किलोमिटर र डिजेलमा २२ दशमलव २७ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

आकर्षक डिजाइनको यो गाडीमा आधुनिक प्रविधिको म्युजिक सिस्टमसहित लक्जेरियस सिट छ । पेट्रोल भर्सनको इकोस्पोर्टको मूल्य ३१ लाख ९० हजार रुपैयाँदेखि ४६ लाख ४० हजार रुपैयाँसम्म छ । डिजल कारको मूल्य भने ३७ लाख ९० हजार रुपैयाँदेखि ५१ लाख ९० हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment