Comments Add Comment

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

१३, भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्था फेला परेको छ । निकुञ्जको पश्चिमी क्षेत्र मेघौलीमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरले जानकारी दिए ।

गैंडा कालगतिले मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । चालु आर्थिक बर्षमा कालगतिले मरेको यो नै पहिलो गैंडा हो । गत बर्ष यहि समयमा चार गैंडा मरेका थिए । सूचना अधिकारी घिमिरेका अनुसार अन्दाजी ३५ बर्षको गैंडा भदौ ११ गते मृत अवस्थामा भेटिएको थियो । गैंडाको औसत आयु ३५ देखि ४० बर्षको हुने गरेको छ ।

गत आर्थिक वर्षमा कालगतिका कारण निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा सर्वाधिक धेरै ४३ गैंडा मरेका थिए । निकुञ्जमा ६०५ गैंडा छन् । निकुञ्जमा यस बर्ष गैंडा गणना गर्ने कार्यक्रम छ । त्यसका लागि सरकारले १ करोड ५ लाख बजेट विनियोजन गरेको छ ।

यो पनि पढ्नुहोस गैंडाको मृत्यु ६५ प्रतिशतले बढ्यो, निकुञ्जको क्षमतामा प्रश्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment