१३ भदौ, काठमाडौं । यसै सिजनदेखि स्पेनिस क्लब रियल मड्रिड क्लबमा अनुबन्धित भएका इडेन हजार्ड युरोपा लिग प्लेयर अफ दि सिजन घोषित भएका छन् ।
इंग्लिस क्लबका पूर्वखेलाडी हजार्डले युरोपा लिगको २०१८-०१९ को सिजनको उत्कृष्ट खेलाडी बन्दै हजार्डले अवार्ड जितेका हुन् । युरोपा लिगको उपाधि चेल्सीलाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका हजार्डलाई शुक्रबार उत्कृष्ट खेलाडी घोषित गरेका हुन् ।
सन् २०१२ देखि २०१९ सम्म चेल्सीमा रहेका हजार्डले चेल्सीलाई थुप्रै प्रतियोगिताको उपाधि दिलाए ।
यसै सिजनदेखि भने उनी स्पेनिस क्लब रियल मड्रिड पुगेका हुन् ।
प्रतिक्रिया 4