Comments Add Comment

पश्चिम नेपालमा पानी पर्ने क्रम बढ्छ : मौसमविद

काठमाडौं उपत्यकामा २३.७ मिलिमिटर वर्षा, केही घण्टापछि रोकिने

१४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा बदली भई वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा केही घण्टापछि पानी पर्न रोकिए पनि पश्चिम नेपालका भूभागमा भने वर्षा बढ्दै जाने मौसमविदको पूर्वानुमान छ ।

मौसमविद विभूती पोखरेलले अनलाइनखबरसँग भनिन्, ‘सिस्टम विस्तारै पश्चिम तर्फ सर्दै गइरहेकाले पश्चिममा पानी पर्ने क्रम बढ्छ । तर काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने एक-दुई घण्टापछि पानी पर्न रोकिने, फेरि पानी पर्ने सम्भावना देखिन्छ ।’

पूर्वी नेपालमा पनि सामान्यदेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

१८ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २३.७ मिलिमिटर वर्षा मापन गरिएको उनले जानकारी पनि दिइन् । काठमाडौं उपत्यकामा रातिदेखि नै चट्यांगसहित वर्षा भइरहेको छ ।

आइत र सोमबार पनि पूर्व, मध्य र पश्चिमका केही जिल्लाहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान छ । पानी पर्दा चट्यांगसहित पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment