+
+

धादिङमा बलेरो दुर्घटना हुँदा १३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १३:५७

१५ भदौ, काठमाडौं । धादिङको ज्वालामुखी-६ धौखोला स्थित सडक खण्डमा आइतबार बलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

धादिङ ज्वालामुखी-५ खरीका ३१ वर्षीय रामबहादुर दुवाडी र सोही स्थानका ६५ वर्षीय काली गुरुङको अवस्था गम्भीर रहेकाले  थप उपचारका लागि काठमाण्डौस्थित ट्रमा सेन्टर पठाइएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए । घाइते हुने सबै धादिङ ज्वालामुखी-५ खरीका स्थानीय रहेका छन् ।

खरीबाट धादिङबेशीतर्फ आउँदै गरेको ग १ ज ५४३१ नम्बरको बलेरो अनियन्त्रित भई सडकबाट अन्दाजी ४/५ मिटर तल खस्न गई दुर्घटना भएको खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?