Comments Add Comment

गर्भवस्थामा थाइराइडको स्क्रिनिङ कतिको आवश्यक ?

गर्भवस्थामा विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । शरीर दुख्ने, अल्छि लाग्ने खान मन नलाग्ने, स्वाँ-स्वाँ  हुने जस्ता सामान्य समस्याहरु हुन्छन्, जुन बच्चा जन्मेपछि आफैं कम भएर जान्छ । तर, यदि गर्भवस्थामा अन्य कुनै रोगका संकेतहरु देखियो भने यसले आमा र बच्चा दुवैलाई हानी पुर्याउन सक्छ । गर्भवस्थामा देखिने विभिन्न रोगहरु मध्ये थाइराइड पनि एक हो ।

हिजोआज थाइराइड सामान्य रोग भैसकेको छ । जसरी सुगर र ग्यास्टि्रक रोगलाई सामान्य मानिन्छ, अहिले थाइराइडलाई पनि सामान्य रोग नै मान्न थालिएको छ । यो रोग  हिजोआज प्रायः व्यक्तिमा देखिने भएको कारणले पनि यसलाई सामान्य मानिएको हो ।

तर जब महिला गर्भवती अवस्थामा हुन्छिन्, उनलाई थाइराइड देखिनु एक असामान्य कुरा हुन्छ । गर्भवस्थामा धेरै कमजोर र थाकेको अनुभव गर्नु जस्ता लक्षण थाइराइडको संकेत हुन सक्छ । गर्भवती हुँदा थाइराइड देखियो भने यसमा भएका टीएसएच जस्ता कुराको स्तर बढ्ने अथवा घट्ने हुँदा बच्चाको दिमागको विकास सही तरिकाले भएको छ कि छैन भन्ने पत्ता लगाउन गाह्रो हुन्छ ।

प्रायः महिलाहरुमा हाइपोथायरोडिज्म हुन्छ, जसका कारण थाइराइड ग्ल्याण्डले अचित मात्रामा हर्मोन बनाउन सक्दैन । यो सामान्य समस्या अहिले हरेक व्यक्तिमा देखिन थालेको छ । जसमा गर्भवती महिला बढि प्रभावित भएको पाइन्छ । गर्भवस्थामा देखिएको थायराइडले आमा  र बच्चा दुबैको लागि घातक हुन सक्छ । त्यसैले समयमा नै साधारण स्क्रिनिङ टेस्टबाट यसको उपचार सम्भव छ ।

थाइराइडको बारेमा जनचेतना जगाउनका लागिआज भोलि धेरै कार्यक्रम र क्याम्पेनहरुको योजनाहरु पनि तयार हुँदैछ । प्रायः महिलाहरुमा हाइपोथायराडिज्म हुन्छ, जसको कारण थाइराइड ग्ल्याण्डले उचित मात्रामा हर्मोन बनाउन सक्दैन । थाइराइडको उपचार सहजै  हुन सक्ने भएकाले समयमा नै यसको उपचार गर्नु आवश्यक हुन्छ । थाइराइड भएका महिलामा अनियमित महिनावारी हुने र गर्भमा बच्चा बस्ने सम्भावना पनि अति कम हुन्छ । त्यसैले गर्भवती भएको थाहा हुना साथ टीएसएचको परिक्षण गराइहाल्नु पर्छ ।  शुरुमा यसका कुनै लक्षण नदेखिने भएकाले महिलाहरु यसलाई वेवास्ता गर्छन् ।

थाइराइडका लक्षणहरु

-अनुहार सुन्निनु

-छाला चाउरिनु

-चिसो सहन नसक्नु

-तिव्र गतिले वजन बढ्नु

-कब्जियत हुनु

-मांसपेशीहरु गाँठो पर्नु आदि ।

यस्ता लक्षणहरु देखा परेमा तुरुन्त चिकित्सक कहाँ गएर थाइराइड स्क्रिनिङ गराउनु पर्छ ।

समयमा नै थाइराइडको उपचार भएन भने बच्चामा निम्न प्रकारको समस्या देखिन थाल्छ ।

-बच्चाको मस्तिष्कको सही तरिकाले बिकास नहुनु

-प्रीमेच्योर डेलीभरी हुनु (समय नपुगी बच्चा जन्मनु)

-मृत शिशुको जन्म हुनु

-बच्चाको वजन कम हुनु

-मुटुको धड्कन कम हुनु

-बच्चाको आई क्यू लेभल कम हुनु आदि ।

यी समस्याहरुलाई पछि निको हुन अति कठिन हुन्छ ।

अहिले पनि कति महिलाहरुलाई थाइराइडको बारेमा थाहा छैन, थाइराइड भएपछि थाहा पाउँदा धेरै ढिला भैसकेको हुन्छ । जसका कारण यसको उपचार गर्न कठिन हुन्छ । थाइराइड भएका गर्भवती महिलालाई बच्चा जन्मि सकेपछि पनि यो समस्या रहिरहन पनि सक्छ । जसका कारण निम्न समस्याहरु शरीरमा देखा पर्न सक्छ ।

-रोग प्रतिरोधक क्षमता कम हुनु

-चिडचिडापन उत्पन्न हुनु

-वजन अत्याधिक बढ्नु

-बढि थकाइ लाग्नु

-कपाल अत्याधिक मात्रामा र्झनु आदि ।

यदि  आफ्नो शरीरमा यस्ता प्रकारका समस्याको अनुभव गर्नु भयो भने तुरुन्त चिकित्सक कहाँ जानु आवश्यक छ ।

समाजमा कसैलाई पनि थाइराइड नहोस् भन्नाका लागि हामी सबैले यसको जानकारी सबैमा पुर्याउनु आवश्यक छ । यसको बारेमा थाहा नपाएका व्यक्तिलाई के हो थाइराइड, यसलाई लाग्न नदिन के गर्ने र लागि सके पछि के गर्ने भन्ने जस्ता कुरा राम्रो संग सम्झाउनु पर्छ । प्राय २५ देखि ४५ बर्षसम्मका महिलाहरुलाई थाइराइड स्क्रिनिङ गर्नु आवश्यक छ । यो उमेरमा महिलाहरु गर्भवती हुने र बच्चा जन्माउने र उनीहरु पालनपोषण गर्ने भएकोले यो उमेरका महिलाहरुलाई थायराइड स्क्रिनिङ अत्यन्त आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment