Comments Add Comment

कांग्रेसको १७ बुँदे प्रस्‍ताव : जनताको असन्तुष्टि सरकारप्रति हो, व्यवस्थाप्रति होइन

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले अहिलेको प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले आफ्नो असफलता र कमजोरी छोप्न व्यवस्थाविरुद्ध षड्यन्त्र भएको टिप्पणी गरेको बताएको छ । अहिले जनताको वितृष्णा सरकारसँग भएको भन्दै कांग्रेसले लोकतान्त्रिक व्यवस्थाको विरोधमा नभएको बताएको छ ।

कांग्रेस केन्द्रीय समितिले बुधबार १७ बुँदे प्रस्ताव पारित गर्दै लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्न चाहने शक्तिहरु सरकारको कमजोरी र जनताको सरकारप्रतिको वितृष्णालाई लोकतान्त्रिक पद्धतिको असफलता र कमजोरीको रुपमा चित्रित गर्न उद्दत भएको ठहर गरेको छ । ‘लोकतन्त्र विरोधी शक्तिहरु सरकारको असफलता र कमजोरीहरुलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीको रुपमा चित्रित गर्न तल्लीन छन्’ कांग्रेसले भनेको छ ।

भदौ पहिलो हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्थाप्रति षड्यन्त्र भएको टिप्पणी गरेका थिए ।

वर्तमान कम्युनिष्ट सरकार माफिया र कमभन्दा कम समयमा विना परिश्रम सम्पत्ति आर्जन गर्ने झुण्डको वरिपरि सीमित भए भन्दै कांग्रेसले वर्तमान सरकार नियन्त्रण, निषेधमा आधारित एकदलीय मानसिकता र चरम शक्तिको केन्द्रीकरण र कुशासनको पर्याय बनेको आरोप लगाएको छ ।

हेर्नुहोस् कांग्रेसको प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment