Comments Add Comment

‘संयुक्त परिवार’ यसकारण सुखी र सुरक्षित

भान्सा एउटै, परिकार एउटै, वैठक कोठा एउटै, खेल्ने ठाउँ एउटै । यसरी परिवारका सबै सदस्य एउटै थलोमा घुलनसिल भएर बस्नुको आनन्द अरु कहाँ छ ?

संयुक्त परिवारमा रहनुको अनेक फाइदा छन् । संयुक्त परिवारमा रहँदा सुरक्षाको प्रत्याभूत हुने मात्र होइन, हरेक कुरा साझेदार गरेर बाँच्ने प्रवृत्ति पनि विकास हुन्छ । अर्थात हामी एकलकाँटे हुँदैनौं । अरुको दुःखमा साथ दिने र आफ्नो खुसीमा अरुलाई सामेल गर्ने सामाजिक प्रवृत्तिको विकास हुन्छ । आज हामी असामाजिक बन्दै गएका छौं । सहयोग आदनप्रदान, खुसी साटासाट, दुःखमा साथ दिने प्रचलन पातलिदै गएको छ ।

खासमा संयुक्त परिवारमा बस्नुको धेरै फाइदा छन् । एउटै थलोमा परिवारका सबै सदस्य रमाउनुको अनेक लाभ छन् ।

साझेदार गर्ने बानी

संयुक्त परिवरमा रहँदा हामी हरेक कुरा साझेदार गर्न थाल्छौं । चाहे खाना होस्, चाहे कोठा होस्, चाहे लुगाफाटो होस्, चाहे गाडी होस् । हरेक कुरा साझेदार गरिन्छ । यसले गर्दा हामी अभावग्रस्त हुँदैनौ । आफुसँग नभएपनि परिवारका कुनै सदस्यसँग भएको कुरा बाँढेर प्रयोग गर्छौं । यसले हामीलाई ढुक्क पनि बनाउँछ ।

बेलाबखत हामी चरम अभावमा डुब्ने गर्छौं । यदि यस्तो अवस्थामा हामीलाई साथ र सहयोग गर्ने कोही छैन भने हामी खराब बाटो पहिल्याउन बाध्य हुन्छौं । तर, संयुक्त परिवारमा रहँदा यस्ता अभावहरु एकअर्कासँग साझेदार गरेर आफुलाई हलुंगो बनाउन सकिन्छ ।

हानी कम हुन्छ

एक शोध अनुसार मानिसहरु एक्लो बस्दा उनले संसाधनको बर्बादी ५० प्रतिशतसम्म गर्छन् । एकसाथ रहनुको फाइदा यो छ कि तपाईंले संसाधन बर्बाद गर्नुहुन्न । जुन व्यक्ति एक्लो बस्छन्, उसले बिजुली, पानी, ग्यास जस्ता कुरामा अधिक खर्च गरिरहेको हुन्छ । उनले भाडा बुझाउनु परेमा पनि तुलनात्मक हिसाबले धेरै हुन आउँछ, हरेक चिज खरिद गर्नुपर्छ । जबकी संयुक्त परिवारमा रहँदा एकल व्यक्तिले गर्ने खर्चको अनुपातमा खर्च हुँदैन ।

कम तनाव

एक्लो रहँदा मान्छेले धेरै तनाव सामना गर्नुपर्छ । जबकी संयुक्त परिवारमा मान्छे अधिक खुसी रहन्छन् । एकसाथ रहनुको फाइदा यो पनि छ कि खुसी र स्वस्थ्य हुन्छन् । किनभने तपाईं कुनैपनि दुःख र अभावमा चरम डुब्नुपर्दैन । परिवारको साथले तपाईंलाई हलुंगो बनाइदिन्छ ।

बालबालिकाको पालनपोषणमा सहयोग

संयुक्त परिवारमा रहनुको सबैभन्दा राम्रो फाइदा त साना बालबालिकाले पारिवारिक वातावरणमा हुर्कने अनुकुलता पाउँछन् । आफन्तहरुसँग खेलेर, गफ गरेर, रमाएर हुर्कन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment