Comments Add Comment

आफ्नो योग्य जोडीलाई कसरी चिन्ने ?

हामी हाम्रो वरपर आफूजस्तै व्यक्ति खोज्ने प्रयास गरिरहन्छौं, जो हामीजस्तै महसुस गर्ने होस् अथवा व्यवहार गर्ने होस् । यो खोज प्रेम सम्बन्ध अर्थात रिलेशनसीपका लाागि निकै महत्वपूर्ण मानिन्छ ।

जीवनमा आफू सुहाउँदो जोडीलाई लिएर सधैं नै सजग भैरहनु पर्छ । हाम्रो योग्य जोडी कहाँ र कसरी भेटिन्छ अनि यदि भेटियो भने पनि हामीले त्यसलाई कसरी चिन्ने ? यो एउटा ठूलो समस्या हो ।

हामी हाम्रो वरपर आफैं जस्ता व्यक्तिको खोजी गर्ने प्रयास गरिरहन्छौं, जो हामी जस्तै होस्, आफ्नै जस्तो अनुभव गरोस् अथवा व्यवहार गरोस् । यो खोजी राम्रो सम्बन्ध बनाउनका लागि निकै महत्वपूर्ण मानिन्छ ।

एउटा परफेक्ट म्याच (सुहाउँदो जोडी) ले हामीलाई जिन्दगीमा उत्कृष्ट काम गर्नका लागि तथा खुशी रहनका लागि मौका प्रदान गर्छ । तर, प्रायः हामीमा कुनै व्यक्ति आफ्नो सुहाउने जोडी बन्न योग्य छ कि छैन भन्ने कुराले द्विविधा भैरहन्छ । तर, केही कुराहरुमा ध्यान दिन सकियो भने तपाईंले आफ्नोलागि एउटा योग्य तथा जोडी सुहाउने व्यक्ति चिन्न सक्नु हुनेछ ।

जब तपाईं कसैलाई योग्य छ भन्ने सोच्नु हुन्छ भने उसको जीवनको लक्ष्य के छ भन्ने कुरा ध्यान दिनु पनि आवश्यक छ । तपाईंले उनको लक्ष्य पूरा गर्न साथ दिन सक्नु हुन्छ कि सक्नु हुन्न भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यदि उसको जीवनको लक्ष्य तपाईंको लक्ष्यभन्दा विपरीत छ भने ऊ तपाईंको लागि योग्य जोडी हुन सक्दैन । किनभने कुनै न कुनै समय तपाईंहरुबीच जीवनको लक्ष्यलाई लिएर मतभेद हुन सक्छ ।

यदि आफ्नो र तपाईं नजिक भएको व्यक्तिको धेरै कुराहरु मिल्छ भने त्यो व्यक्ति तपाइर्ंको लागि योग्य जोडी बन्न सक्छ । तपाईहरुबीचको समानताले सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्छ । सम्बन्धको बारेमा भविष्यलाई लिएर यदि तपाईको साथी घुमाएर कुरा गर्ने अथवा यस्ता बिषयलाई टार्ने कोशिस गर्छ भने यस्ता व्यक्तिसँग सतर्क हुनु पर्छ ।

कुनै व्यक्ति योग्य जोडी बन्नको लागि तपाईंको परिवारको सदस्य र साथीले पनि मन पराउनु आवश्यक हुन्छ । यदि तपाईंको साथीलाई तपाईंको परिवार र साथीभाइले पनि मन पराउँछन् भने तपाईंको साथी योग्य जोडी बन्न उपयुक्त छ ।

यदि तपाईंको साथीले बारम्बार तपाईंलाई छोडेर जाने स्थितिको बारेमा सोच्न बाध्य बनाउँछ भने त्यो व्यक्ति तपाईंको लागि योग्य साथी बन्न उपयुक्त छैन भन्ने बुझ्नु पर्छ । यदि तपाईंको साथीले तपाईंलाई एक्लो जीवन बिताउन तयार हुनु भन्छ भने तपाईंको जीवनबाट ऊ छिट्टै जाँदैछ भन्ने कुराको संकेत हो भन्ने बुझ्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment