Comments Add Comment

भान्सामा चिम्नी राख्दै हुनुहुन्छ ?

भान्सा नै सम्पूर्ण परिवारको स्वास्थ्यको स्रोत हो । त्यसैले भान्साको सरसफाईमा ध्यान दिइएन भने परिवारको स्वास्थ्य नै खराब हुन्छ । त्यसो त अहिले भान्सामा अनेकन उपकरण वा सामाग्री राख्ने गरिएको छ । भान्साको स्वच्छतालाई ध्यानमा राखेर चिम्नी राख्नेदेखि इनडोर प्लान्ट सजाउनेसम्म गरिन्छ ।

भान्सामा चिम्नी

घर भएपछि त्यसलाई राम्रोसंग सञ्चालन गर्नका लागि विभिन्न कुराहरुको आवश्यकता पर्दछ । हिजोआज घरको कामकाज सजिलो होस् भन्ने उद्देश्यले विभिन्न सामानहरु उपलब्ध हुन थालेका छन् । जसमा भान्छामा प्रयोग हुने चिम्नी पनि एक हो ।

घरको लुक परिर्वतन गर्नको लागि चिम्नीको आवश्यकता पर्दछ त्यसैले सही चिम्नीको छनौट र यसको प्रयोग पनि सही तरिकाले गर्नु आवश्यक छ ।

प्रायः तपाई खाना बनाउँदा धुवाँ तथा खारको कारण तपाईंका परिवारका प्राय सबै सदस्यहरु खोक्न थाल्छन् । तपाईंले पकाएको खाना जस्तै तरकारी, खुर्सानी फुराएको राग र रोटी बनाउँदा निस्केको धुवाँ घरभरि फैलिन्छ र सास फेर्न गार्हो हुन्छ । भान्सामा उत्पन्न धुवाँ बाहिर जानको लागि चिम्नी राख्न आवश्यक हुन्छ । चिम्नीले घरको रंग बिग्रन दिदैन । चिम्नी लामो समय टिकाउनको लागि यसको प्रयोगमा ध्यान दिनु पर्छ र गुणस्तर चिम्नीको छनौट गर्नु पर्छ ।

चिम्नी कसरी प्रयोग गर्ने त ?

इलेक्ट्रोनिक चिम्नीले तपाईको भान्छामा भएको जस्तो पनि धुवाँ अथवा बासनालाई बाहिर निकाल्ने काम गर्छ । धुवाँ अथवा तरकारीहरुबाट निस्केको चिल्लोलाई  भित्तामा टाँसिनबाट पनि बचाउँछ, जसले गर्दा तपाईंको भान्साको टायल्स र रंग फोहोर हुन पाउँदैन ।

भान्सामा चिम्नी लगाउन जति आवश्यक छ, त्यति नै तपाईंको भान्सामा कस्तो किसिमको चिम्नी चाहिन्छ भन्ने कुरा थाहा पाउन जरुरी छ । तपाईको भान्सा कत्रो आकारको छ र तपाईंको खाना पकाउने चुल्हो कति ठुलो छ भन्ने कुरा चिम्नी लगाउँदा ध्यान दिनु पर्छ ।

चिमनीले त्यो समयमा मात्र पुर्ण रुपले काम गर्छ, जब चिम्नीलाई तपाईंको ग्यास चुल्होको माथि राम्रोसंग फिट गरिएको हुन्छ । ग्यास चुलोभन्दा करिव दुई फिट माथि चिम्नीलाई फिट गर्नु पर्छ । त्यसो गर्दा मात्र यसले धुवाँलाई आफूतर्फ तान्न सक्छ ।

कुनै पनि चिमनीमा त्यसको एयर सक्सन पावरको विशेष महत्व छ । त्यो पावर जति धेरै हुन्छ, त्यति नै धुवाँ भान्साबाट बाहिर फ्याँक्न सक्छ ।

बजारमा उपलब्ध धेरै प्रकारका चिम्नीहरुले म्यानुअल गरिकाले काम गर्छन् । यसमा दुईदेखि लिएर चार एग्जस्ट फ्यान राखिएको हुन्छ । यसले तपाईंको भान्सामा फैलिएको धुवाँलाई बाहिर फ्याँक्ने काम गर्छ । तर, यी चिम्नीहरुलाई नियमित रुपमा सरसफाइ गर्नु पनि अति आवश्यक छ । किनभने यदि तपाईंले चिम्नीको नियमित प्रयोग गरिरहनु भएको छ र त्यसको सरसफाइ भने गरिरहनु भएको छैन भने त्यसले तपाईंको खानपिनमै प्रभाव पार्छ । चिम्नीले ग्याँस चुल्होभन्दा ठिक माथि फिट गरिएको हुन्छ । यदि तपाईंले त्यसलाई सफा गर्नु भएन भने त्यसमा जमेका फोहोरहरु चुल्होको तातोपनले पिग्लिएर तपाईंको चुल्होमा राखिएको तरकारी अथवा अन्य खानेकुराहरुमा खस्न सक्छ ।

इलेक्ट्रोलिन चिम्नीसंग आउने बुकलेटको निर्देशन अनुसार चिम्नी सफा गर्नु पर्छ । स्पन्जमा साबुन लगाएर तथा तातो पानी प्रयोग गरेर चिम्नीमालाई जालीमा चमेको चिल्लोपनलाई सफा गर्नु पर्छ ।

चिम्नीको मुखमा स्टिलको जाली हुन्छ, जसलाई निकाल्न निकै सजिलो छ । महिनामा कम्तिमा एक पटक त्यसलाई निकालेर सफा गर्नु पर्छ । त्यसको कुना-कुनामा सर्फ-पानी हालेर नाइलनको ब्रसले सफा गर्नु पर्छ ।

चिम्नीको बाहिर आवरण पनि स्टिलकै हुन्छ । साबुन-पानीले त्यसलाई पनि सफा गर्न सकिन्छ । चिम्नीमा फिल्टरहरु पनि हुन्छन् । त्यसले चिल्लोसहितको धुवाँलाई सोस्ने काम गर्छ । त्यसकारण त्यसलाई बेला-बेलामा परिवर्तन गरिरहनु पर्छ ।

चिम्नीलाई प्रत्येक महिनाको एक पटक सफा गर्नैपर्छ । त्यसो त चिमनीको सरसफाइ तपाईंले भान्सामा पकाउने खानेकुराका पनि भर पर्छ । यदि तपाईं प्राय तरकारी भुटेर अथवा तारेर पकाउने गर्नु हुन्छ भने त महिनामा एक पटक चिम्नीको सफाइ गर्नु अनिवार्य नै हुन्छ ।

केही त्यस्ता चिम्नीहरु पनि बजारमा उपलब्ध छन्, जसमा एउटा मात्र नोजलमार्फत थोरै मट्टीतेल हालेर सफा गर्न सकिन्छ । त्यसलाई खोलेर सफा गर्नु पर्ने आवश्यकता पर्दैन । त्यसले आफूलाई आफैंले सफा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment