Comments Add Comment

गुगलको गम्भीर त्रुटि, भिखारी खोज्दा पाकिस्तानी प्रधानमन्त्रीको तस्वीर

गुगल सर्च इन्जिनमा विभिन्न सामग्रीहरु खोजी गर्दा देखापर्ने नतिजाहरु कहिलेकाहीँ निकै विवादास्पद् हुने गरेका छन् ।

अहिले गुगल यस्तै एउटा नतिजाको कारण विवादमा परेको छ । गुगल सर्च इन्जिनमा भिखारी Bhikhari शव्द टाइप गरी तस्वीर सर्च गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका तस्वीरहरु देखिने गरेका छन् ।

गुगलको पाकिस्तान, भारत तथा अमेरिकालगायतका डोमेनहरुमा यस्तो देखिने गरेको छ । गुगलमा भिखारी खोज्दा पाकिस्तानी प्रधानमन्त्रीको तस्वीर कहिलेदेखि देखा पर्न थालेको भन्ने प्रष्ट नभए पनि पहिलोपटक सन् २०१८ को डिसेम्बरमा यस्तो देखिएको बताइएको छ ।

स्मरणरहोस् केही महिनाअघि गुगलमा ट्वाइलेट पेपर सर्च गर्दा पाकिस्तानी झण्डाको तस्वीर देखा परेपछि त्यसले विवाद सिर्जना गरेको थियो ।

त्यस्तै इडियट शव्द खोजी गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखिने गरेको छ । यसबारेमा गुगलले अमेरिकी संसदमै स्पष्टीकरण दिनु परेको थियो ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment