+
+

डेंगु नियन्त्रणका लागि महानगरपालिकाको र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २४ गते १८:४७

२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–२१ ले आज डेंगु न्युनीकरणका लागि जनचेतना र्‍याली गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद् डा. अजयक्रान्ति शाक्य लगायत पनि र्‍यालीमा सहभागी थिए । ‘टोल–टोलबाट उठौँ, गल्ली–गल्लीबाट उठौँ, डेंगुविरुद्ध सर–सफाईमा जुटौँ, सबै मिलेर लडौँ’, ‘धनी गरिब केही भन्दैन डेंगु हो डेंगु’लगायतका प्लेकार्ड बोकेर लगनटोलबाट सुरु भएको र्‍यालीले भोटेवहाल, सुन्धारा, जैसीदेवललगायतका स्थानको परिक्रमा गरेको थियो ।

र्‍यालीपछि संक्षिप्त कुराकानी गर्दै मेयर शाक्यले डेंगु न्युनीकरणका लागि यस्ता जनचेतनामुलक अभियान ३२ वटै वडामा सञ्चालन गर्ने जानकारी दिए ।

‘डेंगु अहिले भयावह बन्दै गएको अवस्थामा महानगरपालिकाले न्युनिकरणका लागि पहल थालेको छ,’ मेयर शाक्यले भने, ‘यस्तो जनचेतानामुलक काम यो वडामा मात्रै सीमित हुनुहुँदैन महानगरभित्रका ३२ वटै वडामा हामीले न्युनीकरणको प्रयास थालेका छौँ ।’

उनले अहिले यसलाई कसरी रोकथाम गर्ने भन्ने विधि नै नभएकाले न्युनिकरणको प्रयासमा महानगरपालिका लागेको पनि बताए ।
‘डेंगुबाट बच्ने उपायका बारेमा महानगरवासीलाई जानकारी दिनका लागि पनि यो अभियान चलाएका हौँ,’ उनले भने, ‘केन्द्र र प्रदेश सरकारसँग पनि छलफल गरेर हामी अझ प्रभावकारी ढंगले अघि बढ्छौँ ।’

२१ वडाका वडाध्यक्ष उदय चुडामणि बज्राचार्यले पनि यो अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । ‘वडा नम्बर २१ सफाई मजदुरको बसोबास भएको क्षेत्र पनि हो,’ उनले भने, ‘त्यसैले अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी जनचेतनामुलुक अभियान चलाउनु पर्ने भएकाले हामीले यो अभियान चलाएका हौँ ।’

उनले अब घर–घरमा वडा स्वास्थ्य स्वयसेवीलाई जनचेतना अभियानसहित पठाउने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?