
२४ भदौ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानीको विषय उठाइरहनु नपर्ने बताएका छन् ।
प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी र नामाकरणको बिषयमा सरकार निरिह बनेको आरोप लगाएपछि मंगलबारको सभामा जवाफ दिदै मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी र नामबारे प्रश्न उठाउने अवस्था नआउने बताएका हुन् ।
सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले राजधानीको विषय लाजमर्दाेअवस्था आएको बताएका थिए ।
मंगलबारको बैठकमा मुख्यमन्त्री पौडेलले सरकारले कामको गति बढाएको दावि गर्दै अप्ठ्यारो चरण पार गरिसकेकोले अब विकासले गति लिने दावीसमेत गरे । उनले प्राकृतिक विपदमा जनधनको क्षति भएकाहरुलाई राहत उपलव्ध गराउने काम भइरहेको संसदलाई जानकारी गराएका थिए ।
दुई प्रतिवेदन संसदमा पेश
मंगलबारको बैठकमा अर्थ तथा विकास समितिका सभापति सुरेश नेपालले ‘सरकारी निजी सहकारी साझेदारी सम्बन्धमा बनेको विधेयक’सम्बन्धी समितिले तयार गरेको प्रतिवेदन संसदमा पेश गरेका थिए ।
बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगरले ‘प्रदेश भित्र औद्योगिक व्यवसाय स्थापना तथा संचालन गर्न बनेको विधेयक’को प्रतिवेदन पेश गरेका छन् ।
उक्त विधेयकको बुधबार प्रतिवेदनसहित छलफल गरी पास गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया 4